युगल नृत्य मार्फत विश्व रेकर्ड राख्दै रुबिशा र एलिशा

काठमाडौं । चन्द्रागिरी नगरपालिका ६ मा स्थायी बसोबास गर्दै आइरहेका सन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठका छोरिहरु दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउने भएका छन् ।

सो अभियानका लागी गोल्डेन आई डान्स सेन्टरको आयोजनामा चैत्र ११ गते पत्रकार सम्मेलन सम्पन्न भएको छ । सृजना अधिकारीको संचालन रहेको कार्यक्रममा ९० घन्टा २ मिनेट लागातार बोलेर गिनिज बुकमा नाम लेखाउन सफल ब्यक्ती अनन्तराम केसि, हरि चन्द्र लामा लगायत समाजसेवी ब्यक्तित्वहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार नृत्य प्रस्तुत गर्ने कार्यक्रम २०७६ जेठ ११ र १२ गते हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

प्रतिक्रिया