कुञ्जमा ‘वासुदेव’

काठमाडौं । युवामा आइपर्ने विविध चुनौतीमा केन्द्रित रही लेखिएको नाटक ‘वासुदेव’ को मञ्चन सुरु भएको छ । बानेश्वर थापागाउँस्थित कुञ्ज थिएटरमा मञ्चन भएको उक्त नाटकको निर्देशन सन्दीप श्रेष्ठ तथा नवीन भट्टले गरेका छन् ।

लेखक सन्दीप श्रेष्ठले लेखेको उक्त नाटकले एक्काइसौँ शताब्दीमा युवाले व्योहोर्ने समस्या र चुनौतीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

पुँजीवाद र त्यसले समाजमा ल्याएको अवसर र चुनौतीको घनचक्करमा नाटक केन्द्रित छ । युवामा आइपर्ने अनेकाँै अन्योलतासँगै धेरै पैसा कमाउने सोचमा मानिसमा अपराधकर्म कसरी पलाउँछ भन्ने विषयलाई नाटकमा देखाइएको छ । पैसाको लोभमा मानिस अपराधकर्ममा कसरी संलग्न हुन्छन् भन्ने विषयमाथि नाटकको कथा घुमेको छ ।

धेरै पैसा कमाएर समाजमा प्रतिष्ठित र सुखी जीवन जिउने कल्पनामा नजाँनिदो गरी अपराध क्षेत्रमा संलग्न हुने वातावरण कसरी निर्माण हुन्छ भन्ने सन्देश नाटकले दिन खोजेको छ । भदौ १५ गतेदेखि मञ्चन सुरु भएको उक्त नाटक फोरक्युब इन्टरटेनमेन्टले निर्माण गरेको हो । नाटकमा सन्दीप श्रेष्ठ, आयुष प्याकुरेल, सुरभी सापकोटा, आभा नेपालको अभिनय छ ।

प्रतिक्रिया