बाबा रामपाललाई २ मुद्दामा सफाईःहत्या र देशद्रोह विचाराधीन

baba-ram-rahimहिसार १४ भदौ । बाबा रामरहिमलाई २० वर्षको कैद सजाय सुनाएको भोलि पल्टै मंगलबार भारतमा अर्का बद्नाम साधु चर्चामा रहे । हरियाणा राज्यको हिसार सहरमा मुख्यालय रहेको सतलोक आश्रमका प्रमुख सन्त रामपालको मंगलबार चर्चा रहेको हो ।  सन्त रामपाललाई हिसार अदालतले २ वटा मुद्दामा सफाइ दिएकाले उनी चर्चामा रहेका हुन् । तर, यी २ मुद्दामा सफाइ पाए पनि उनी रिहा हुन भने पाउने छैनन् । किनभने उनीमाथिका अन्य २ हत्या र देशद्रोहका मुद्दा अहिले अदालतमा विचाराधिन छन् ।

सन् २००६ मा रामपालले एक धार्मिक किताबमाथि टिप्पणी गरेका थिए । त्यसपछि रामपालका समर्थक र ती धार्मिक समुदायका अनुयायीबीच झडप भएको थियो । सो झडपमा एक महिलाको मृत्यु भएको थियो । सोही मुद्दामा रामपाललाई पक्राउ गरियो र उनी २२ वर्षदेखि जेलमा छन् । सो मुद्दामा रामपाललाई अदालतले बोलायो तर, उनी अदालतमा उपस्थित भएनन् । अदालतले उनको गिरफ्तारीको आदेश दियो । जब सशस्त्र प्रहरी र प्रहरी उनलाई पक्राउ गर्न गए तब उनका अनुयायीले उनीहरूमाथि ढुंगामुढा गर्न थाले ।

त्यतिखेर उनका आश्रममा १ हजार अनुयायी थिए ती सबै सो आश्रमको छतमा जम्मा भएका थिए । सशस्त्र प्रहरीले धेरै संघर्षपछि उनलाई पक्राउ गर्न सकेको थियो । सो क्रममा उनको आश्रममाबाट प्रहरीले केही थान अत्याधुनिक बन्दुक पनि बरामद गरेको थियो ।

प्रतिक्रिया