साहित्य

लघुकथाः कोमामा आमा

सौर्य अनलाइन २०७४ वैशाख १६ गते १४:५४ मा प्रकाशित

मलाई जन्म दिँदा पक्कै मेरी आमा कोमामा परेकी हुनुपर्छ । प्रसवपीडाले मुच्र्छित भएको हुनुपर्दछ ।
फूलले वास्ना हराएको हुनुपर्छ । वसन्त निर्जीव भएको हुनुपर्छ । समय शून्यमा विलिन भएको हुनुपर्छ । मृत्यु अचेत भएको हुनुपर्छ ।
– मेरो जन्म हुनुभन्दा पहिले कुखुराहरूले पनि बिहानीको डाँक फुक्न बिर्सिएको हुनुपर्छ ।
– युवायुवतीहरू सबै कोमामा थिए । वृद्धहरू सबै कोमाको सपना देखिरहेका थिए ।
– विपनामा कोमा ! सपनामा कोमा !
– गाउँ, वस्ती, सहर सबै कोमामा थिए । गाँस कोमामा थियो, सास कोमामा थियो, बास कोमामा थियो । आश कोमामा थियो । देश नै कोमामय भएको थियो ।
– मानौँ सारा जगत नै सृष्टि नै कोमामा अड्किएको थियो ।
– मलाई पनि एकपल्ट आमा हुन मन लाग्छ । मलाई जन्म दिँदा कोमामा आमाले भोगेको पीडा भोग्न मन लाग्छ । सृष्टिको स्वर्गीय आनन्द लिन मन लाग्छ ।
– मलाई आमालेभैmँ कोमाको रसस्वादन गर्ने तीव्र आकांक्षाले स्फुरित गर्छ । स्व–वीर्य धारण गर्छु र आमाको कोमाको यात्रामा निरन्तरता दिन्छु ।
– होस् नखुलुन्जेल त्यही कोमामा रमाइरहन्छु ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय