रजनीले जितिन् मिस फिलेन्थ्रोपी अवार्ड

misses-nepalकाठमाडौं : चीनको सेन्जेन सहरमा सोमबार आयोजना गरिएको ‘मिसेस ग्लोब २०१३’मा नेपालका तर्फबाट सहभागी रजनी थापाले ‘मिस फिलेन्थ्रोपी’ विधाको अवार्ड जितेकी छन् । इप्लानेटले आयोजना गरेको मिसेज नेपालको दोस्रो संस्करणकी विजेता २६ वर्षीया थापाले ६२ देशका सुन्दरीसँगको प्रतिष्पर्धामा यो अवार्ड जितेकी हुन् ।
सेन्जेन शहरस्थित वेस्टिन सेज्हे फुटियन होटेलमा आयोजनाका गरिएको प्रतियोगिताको यो १८औँ संस्करण हो । रजनी नेपालको तर्फबाट पहिलोपटक उक्त प्रतियोगितामा सहभागी भई विधागत अवार्ड हात पार्न सफल भएकी हुन् । प्रतियोगितामा उनले विभिन्न देशका लगभग १६ सय दर्शक सामु नेपालको झन्डा फहराउँदै उनले साँस्कृतिक पहिरनमा ‘मै राम्री हुन के गरौँ’ बोलको गीतमा नृत्य गरेकी थिईन् । ‘नेपालको तर्फबाट पहिलोपटक प्रतियोगितामा सहभागी भएर अवार्ड जित्नु आफैँमा गौरवको कुरा हो,’ इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले खुशी व्यक्त गर्दै भने । काभ्रे स्थायी घर भई काठमाडौंमा बस्दै आएकी रजनी हाल रक्षा नेपालको सद्भावना दुतको रूपमा कार्यरत छिन् ।
इप्लानेटले पछिल्लो संस्करणमा ‘मिसेस नेपाल’सहित एकै स्टेजमा ‘लिटिल मिस नेपाल’, ‘मिस टिन इन्टरनेसनल’ र ‘मिस इन्टरनेसनल’ प्रतियोगिता आयोजना गरेको थियो भने यस वर्ष २०१४ का लागि पनि सबै प्रतियोगिताको आवेदन फारम वितरण सुरु गरिसकेको छ । यो वर्ष संस्थाले फेब्रुअरी महिनाको चार शनिबार ‘लिटिल मिस युनिभर्स नेपाल’, ‘मिस टिन युनिभर्स नेपाल’ ‘मिस इन्टरनसनल’ र ‘मिसेस युनिभर्स नेपाल’ को आयोजना गर्दै छ ।
यसअघि इप्लानेटले अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस युनिभर्स २०१३’ मा सहभागी नेपाली प्रतियोगी मीना घिमिरेले ‘मिसेस इन्टेलिजेन्ट’ विधाको अवार्ड, चिल्ड्रेन अफ युनिभर्समा पठाएका चार प्रतिष्पर्धीले शीर्ष उपाधिसहित फष्ट रनरअप, ग्रेस फस्ट रनरअप, स्टार फस्ट रनरअप २०१३ घोषित भएका थिए । (सौस)

प्रतिक्रिया