फरक शैलीमा ‘कुण्ठा’

Kuntha Mausami Malla'sकाठमाडौं । नेपाली चलचित्र ‘कुण्ठा’को फष्ट लुक र गीत सर्वाजनिक भएको छ । साइना इन्टरटेमेन्टको ब्यानरमा निर्मित ‘कुण्ठा’को प्रोमो पनि सार्वजनिक गरिएको छ ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले फष्टलुक सार्वजनिक गरेका हुन् । अध्यक्ष राई, चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरीलगायतले चलचित्र नचलेका बेला ‘कुण्ठा’ फरक शैलीमा निर्माण भएको बताए ।
निर्माण पक्षले ‘कुण्ठा’को प्रोमो र गीतपनि सार्वजनिक गरेको हो । तीन फरक/फरक ब्याक्तिले आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण र उनीहरुको भोगाइमा जीवन के हो आदि बिषयलाई चलचित्रको कथावस्तु बनाइएको छ ।
चलचित्रमा मौसमी मल्ल, रोविन पोखरेल, सुरज केसी, सुवास गजुरेल, गणेस सापकोटाका साथमा बालकलाकार अमृतांसु महजु घिमीरेको समेत अभिनय छ । चलचित्रका निर्देशक अनुप गिरी हुन् ।
चलचित्रमा किरण माइकलको लेखन, गीत तथा संगीत छ । निरज कँडेलको छायाँकन रहेको चलचित्रका गीतमा श्रेया, बिश्व नेपाली, किरण माइकल, बिनोद ढकाललगायतको स्वर छ । (तस्विर सौजन्य मौसमी मल्ल)

प्रतिक्रिया