यति धेरै माया

Taruniकाठमाडौं : चलचित्र यतिधेरै माया शुक्रबारबाट प्रर्दशनमा आएको छ । आफूलाई ठूला जाति भनेर आवरण भिर्ने र साना जाति मानेर अन्याय सहने पक्षको कथा चलचित्रमा छ ।
प्रेमकथालाई समेत आकर्षण ढंगले प्रस्तुत गरिएको चलचित्र ‘यति धेरै माया’ राजधानीबाट मात्र प्रदर्शनमा आएको हो ।
सुभाष मेचे, सुरेन्द्र सदाशंकर, श्याम कटुवाल, सम्झना प्याकुरेल, भावना विक, रामचन्द्र अधिकारी,, विष्णुभक्त फुयाल, रश्मि भट्टलगायत कलाकारको अभिनय छ । स्क्वायर फिल्मस् प्रोडक्सन प्रालिको व्यानरमा निर्मित चलचित्रका निर्माता राजेन्द्र सदाशंकर हुन् । आगामी असार ७ बाट मोफसलका सहरमा प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी गराएको छ । (सौस)

प्रतिक्रिया