लभरगर्ल बन्न गाह्रो छ : पटेल

amisha_patel-souryadailyमुम्बई : गदर गर्लकी रूपमा परिचित बलिउड अभिनेत्री अमीषा पटेलले लभस्टोरी चलचित्रमा काम गर्नु भनेको ठूलै चुनौती उठाउनुभन्दा कम नभएको बताएकी छन् । उनले हालै एक कार्यक्रममा सो कुरा बताएकी हुन् । उनले लभस्टोरीमा पनि रोमियोका प्रेमिकाको भूमिका निर्वाह गर्न निकै कठिन भएको खुलाइन् ।
कहो ना प्यार है, गदर एक प्रेमकथा र आप मुझे अच्छे लगने लगेजस्ता लभस्टोरी चलचित्रमा पटेलले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । यी चलचित्रका अभिनयबाट पटेलले सबैको रोजाइको हिरोइन बन्न सफल भइन् । धेरैजसो चलचित्रमा रोमियाहरूका प्रेमीको भूमिकामा आफूलाई प्रस्तुत गर्दै आएकी पटेल यस्ता भूमिकामा अभिनय गर्दा आफूलाई पनि भूमिका अनुकूल लैजानुपर्ने भएकाले मानसिक र शारीरिक निकै थकित महसुस हुने बताइन् ।
चलचित्र सुटिङ सकाएर घरमा जानेबेला आºनो शरीरमा केही पनि इनर्जी नरहने भएकाले अन्य काम गर्ने ऊर्जा नरहने उनले बताइन् । भनिन्  प्रेमकथामा आधारित चलचित्रमा माया, प्रेम र भावनामा बहकिनुपर्छ । त्यसैले यो चलचित्र अभिनय गर्दा आफूलाई पीडा हुन्छ । आºना लागि यस्ता चलचित्र पीडादायी भए पनि दर्शकले यी चलचित्रबाट निकै मनोरञ्जन प्राप्त गर्ने उनले सुनाइन् ।
पटेल अभिनीत प्रेमकथामा आधारित पछिल्लो चलचित्र खुसी गणेशन निर्देशित चलचित्र हो । यो वर्ष २००६ मा प्रदर्शित तमिल चलचित्र थिरटु पायलेको रिमेक हो । चलचित्रमा पटेलको अलावा नील नितिन मुकेश, पूजा गुप्ता आदिले मुख्य भूमिका निर्वाह गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया