डंकनलाई विश्वास

काठमाडौं, २० माघ । बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डंकनले नेपालमा दलहरूले प्रतिबद्धता जनाएको समयभित्रै संविधान बन्नेमा आफू आशावादी रहेको बताएका छन् । मन्त्री डंकनले शान्तिपूर्ण रूपमा संविधानसभाको निर्वाचन सम्पन्न भएकामा प्रसन्नतासमेत व्यक्त गरे ।
नेपालको चारदिने भ्रमणमा सोमबार काठमाडौं आएका राज्यमन्त्री डंकनले प्रमुख राजनीतिक दलका नेताहरूसँग संविधान लेखनका विषयमा पनि छलफल गर्ने बताए । उनले आफ्नो देशले नेपालको राजनीतिक भविष्य निर्धारण गर्ने तथा विकास–निर्माणका मार्ग प्रशस्त गर्ने संविधान लेखनलाई चासोका साथ हेरिरहेको पनि बताए । राज्यमन्त्री डंकनले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राज्यमन्त्री भएदेखि यता डंकनको यो पाँचौँ नेपाल भ्रमण हो ।

प्रतिक्रिया