चुरे लोकतान्त्रिकका उम्मेदवारको निधन

Chure-Bhawar Bhumiraj Niraulaसर्लाही, १४ कात्तिक । चुरे भावर लोकतान्त्रिक पार्टीका सर्लाही जिल्ला क्षेत्र नम्बर तीनका प्रत्यक्ष तर्फका उम्मेदवार राजु वाग्लेको निधन भएको छ ।

केन्द्रीय उपाध्याक्ष समेत रहेका वाग्लेको ज्वरोका कारण बुधबार राति निधन भएको पारिवारजनले जनाएका छन् । उनको उपचारका क्रममा निधन भएको हो ।

३२ बर्षीय वाग्लेका नाबालक दुई छोरा र पत्नी छन् । ज्वरो आए पछि उनलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो ।

प्रतिक्रिया