गलत निर्णयका कारण माओवादी बाहिर

Upendra-Yadavकाठमाडौ, २२ असोज । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलीय सिण्डिकेट र राष्ट्रपतिको गलत निर्णयका कारण नेकपा–माओवादी चुनावबाट बाहिरिएको आरोप लगाएका छन् ।
राजधानीमा आज (मंगलबार) भएको कार्यक्रममा अध्यक्ष यादवले नेकपा–माओवादीका उत्पन्न हुने कुनै पनि संकटको जिम्मेवारी चार दल र राष्ट्रपतिले लिनुपर्ने बताए ।
‘पुष्पकमल दाहाल, सुशील कोइराला, झलनाथ खनाल र मधेसीको हठका कारण नेकपा–माओवादी चुनावबाट बाहिरिएको छ,’ उनले भने, ‘ यसको जिम्मेवारी उनीहरुले नै लिनु पर्छ ।’
फोरम नेपाल मधेसमा पहिलो पार्टीका रुपमा उदाउने उनको भनाई छ । ‘मेरो पार्टी संविधानसभा चुनावमा पहिलो बन्छ,’ अध्यक्ष यादवले दाबी गरे ।
उनले चुनावमा मधेसवादी दलहरुका बीच सहकार्यको प्रयास भएपनि सफल हुन नसकेको बताए । ‘मतदान नहुन्जेलसम्म सहकार्यको सम्भावना छ,’ उनले भने ।

प्रतिक्रिया