लुटपाटमा संलग्न एघारजना पक्राउ

काठमाडौं, ७ असार । प्रहरीले लुटपाटको अभियोगमा काठमाडौंको मैतीदेवीबाट एघारजनालाई पक्राउ गरेको छ ।
बिहीबार राति पोताला डान्स रेष्टुरेन्टबाट मैतीदेवी बस्ने २१ बर्षीय साजन लामासमेत ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
खाजा खान आएका रणबीर सिंहलगायत तीनजना भारतीय नागरिकसँग लुटपाट गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
रेष्टुरेण्टका स्टाफहरुले समेत भारतीय नागरिकसँग २५ हजार भारतीय रुपियाँ लुटपाट गरेका थिए । रेष्टुरेन्टका संचालक फरार छन् ।

प्रतिक्रिया