चौतारीमा थामी निर्विरोध

Tek-Raj-Thamiविराटनगर, २१ फागुन । विराटनगरमा जारी प्रेस चौतारी नेपालको राष्ट्रिय अधिवेशनमा केही पद निर्विरोध भएका छन् ।
निर्विरोध हुनेमा मध्यामञ्चल उपाध्यक्षमा उपेन्द्र केसी, पश्चिमाञ्चलमा मुकेश पोखरेल र मध्यपश्चिमाञ्चल सुरेन्द्र काफ्ले निर्विरोध चयन भएका हुन् ।
त्यसै गरी, उपत्यकाबाट सुरोजंग पाण्डे र अमृतनाथ तिमल्सिना, महिला तर्फ इन्दिरा भट्टराई, मध्यपश्चिमबाट महिला केन्द्रीय सदस्यमा देविका घर्तीमगर, मुस्लिमबाट लालबाबु सेख निर्विरोध भएका छन् ।
अल्पसंख्यकबाट केन्द्रीय सदस्यमा टेकराज थामी निर्विरोध चयन भएका छन् । उनी सौर्य दैनिकमा कार्यरत छन् ।
अध्यक्षमा विष्णु रिजाल र राजेन्द्र अर्यालबीच प्रतिस्पर्धा हुँदैछ । वरिष्ठ उपाध्यक्षमा शरद अधिकारी, दुर्गाप्रसाद शर्मा, प्रकाश खतिवडा र बालकुमार नेपालले उम्मेदवारी दिएका छन् । महासचिवमा लक्की चौधरी, माधव नेपाल र बुद्धि खनालले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया