साफ च्याम्पियनसिप भदौमा गर्न प्रस्ताव

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिप भदौमा नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको छ ।

एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँगको भेटमा महिला साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको बताइएको छ ।

महासचिव हेलालले प्रस्तावित मितिमा साफ सकारात्मक रहेको बताएको एन्फाले जनाएको छ । एन्फाले शनिबार हुने साफको कंग्रेसमा महिला साफ आयोजनाका लागि औपचारिक प्रस्ताव पेश गर्ने भएको छ ।

साफको कंग्रेसले अनुमोदन गरेमा महिला साफ नेपालमा आयोजना हुनेछ । नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ विराटनगरमा आयोजना गरेको थियो । जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

साफ कंग्रेसमा सहभागी हुन महासचिव राईको नेतृत्वमा तीन सदस्यीय टोली बिहीबार ढाका प्रस्थान गरेको थियो । एन्फा सदस्य विकास नारायण श्रेष्ठ र न्यूरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी सहभागी छन् ।

साफ कंग्रेसमा सहभागी हुन महासचिव राईको नेतृत्वमा तीन सदस्यीय टोली बिहीबार ढाका प्रस्थान गरेको थियो । एन्फा सदस्य विकास नारायण श्रेष्ठ र न्यूरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी सहभागी छन् ।

प्रतिक्रिया