जन्मदा नै बुद्ध थिए सिद्धार्थ गौतम

मिलन आफन्त

महाराज शुद्धोदनले आफ्नो छोरालाई ऋषिबाट आशीर्वाद दिलाउन चाहे । राजकुमारलाई ऋषिको खुट्टा छुवाउन खोज्दा ऋषिले राजकुमार अत्यन्त पूण्यवान भएको लक्षण देखे । त्यसैले ऋषि साहै खुसी भएर हाँसे । तर, मुख निधाउरो पार्दे ऋषिले आँखाबाट आँशु झार्न थाले । यो देखेर राजा शुद्धोदनलाई आश्चर्य लाग्यो । ऋषि कालदेवलले राजकुमारमा महापुरुषको लक्षण भएको, अति पूण्यवान् तथा भविष्यमा ठूलो ज्ञान पाएर बुद्ध हुने कुरा राजा शुद्धोदनलाई बताए । तर आफू अहिले नै वृद्ध भइसकेकाले उनको उपदेश सुन्न नपाउने भएकाले आफू हाँसेको र रोएको कुरा राजालाई सुनाए ।

नेपालको पश्चिम तराईमा कपिलबस्तु जिल्लामा कपिलबस्तु नाम गरेको एउटा रमणीय स्थल छ । आजभन्दा लगभग २६ सय वर्ष अघितिरको कुरा हो, राप्ती नदीको किनारमा शाक्य जातिको अति सुन्दर तथा समृद्धिशाली एक गणराज्य थियो जसलाई कपिलबस्तु भनिन्थ्यो । एक अथवा अनेकौँ गाउँको सर्वाधिकारी जमिनदार जसलाई राजा भनिन्थ्यो, उनीहरू लोकतान्त्रिक पद्धतिबाट आफू मध्येबाट कुनै एकलाई महाराज छान्थे । आफ्नो पालो आएपछि शुद्धोदन कपिल बस्तुको राजगद्दीमा बसे । शुद्धोदन धर्मात्मा, प्रतापी र प्रजावत्सल राजा थिए । महामाया जसलाई मायादेवी पनि भनिन्थ्यो, उनी राजा शुद्धोदनकी रानी थिइन् । राजा शुद्धोदन तथा महारानी महादेवीको विवाहित जीवनमा धेरै समयसम्म पनि सन्तान जन्मिएनन् । पछि उनीले सिद्धार्थ गौतमलाई जन्म दिइन् ।

सिद्धार्थको जन्म : सुत्केरी हुने दिन नजिकिँदै जाँदा रानीलाई माइत जान मन लाग्यो । सायद आज भोलिका कतिपय चलन जस्तै त्यो बेला पनि पहिलो बच्चा माइतमा नै जन्माउनु पर्छ भन्ने चलन रहेको होस् । उनले राजासित माइत देवदह जानका लागि अनुमति मागिन् । राजाले उनको अनुरोध सहर्ष स्वीकार गरे । राजाले महारानी सवारी हुने बाटो सजाउन लगाए । राजा शुद्धोधनले महामायाका लागि रथ आदिको व्यवस्था गरिदिए । यसरी महामाया आफ्ना सेविकालाई साथमा लिएर हिँडिन् । कपिलबस्तु र देवदहको बीचमा लुम्बिनी भन्ने उद्यान थियो । यो उद्यानमा सालवृक्षको घारी थियो जहाँ दुबै देशका मानिसहरू घुमफिर गर्न आउँथे । उद्यानमा मनमोहक फूलहरू फुलेका थिए । चराचुरुंगीको सुमधुर आवाज गुन्जिरहेको थियो । महारानी मायादेवी शुक्रबार वैशाख शुक्ल पूर्णिमाको दिन लुम्बिनी उद्यानमा पुगिन् ।

महारानीले त्यहाँको शीतल छहारी डुल्न चाहिन् । त्यसै बेला रानीलाई आफ्नो शारीरिक स्वभावमा केही परिवर्तन भएको अनुभव भयो । त्यसैले महारानीले यहाँ नजिकैको सालवृक्षको एउटा हाँगो समातिन् । लावालस्कर पर हटे । परिचारिकाले महारानीको स्थिति बुझेर चारैतिर कपडाको घेरा लगाइदिए । केही क्षणमा नै मायादेवीले सालवृक्ष मुनि एउटा बत्तीस लक्षणयुक्त छोरा जन्माइन् । बालक राजकुमार जन्मेकै दिन अन्य सात कुराको पनि जन्म भयो । ती हुन्–यशोधा देवी, सारथि छन्न, कालुदायी अमात्य, मंगल हात्ती, कन्थक घोडा, बोधिवृक्ष र धनले भरिएका चारवटा घडा । यसरी बालक कुमार (बोधिसत्य) को जन्म लुम्बिनीमा वैशाख पूर्णिमाको दिन भयो । बालक कुमारलाई लिएर मायादेवी सिन्दुर जात्रासँगै कपिलबस्तु फर्किन् । कपिलबस्तुमा मायादेवी र बालक कुमारको भव्य स्वागत भयो ।

सिद्धार्थ गौतमको नामकरण :
बच्चाको नाम सिद्धार्थ राखियो, आमा गौतमीको छोरा भएकाले उनलाई गौतम पनि भनिन थालियो । सिद्धार्थको अर्थ मनोकामना पूर्ण हुनु र गौतम उनको कुलमान थियो । लुम्बिनी उद्यानमा जन्मिएका आफ्ना छोरालाई हेर्न पाउँदा राजा शुद्धोदनको हर्षको सीमा रहेन । उनले मायादेवी र छोरालाई विशेष रूपले हेर विचार गर्न लगाए । कपिलबस्तुदेखि उत्तरी पहाडी भूभागमा धेरै ऋषिहरू बस्थे । यो तपोभूमि नै थियो । राजा शुद्धोधनले त्यो बेलाको प्रचलित प्रथाअनुसार आफ्नो छोराको भविष्य थाहा पाउनका लागि पुरोहितलाई बोलाए । ती मध्ये कालदेवल नामक एक वृद्ध ऋषिलाई राजा शुद्धोदन र कपिलबस्तुका जनताले खुब मान्थे । राजा शुद्धोदनका छोरा जन्मेको थाहा पाएर उनी कुमारलाई हेर्न राजदरबार आए । महाराज शुद्धोदनले आफ्नो छोरालाई ऋषिबाट आशीर्वाद दिलाउन चाहे ।

राजकुमारलाई ऋषिको खुट्टा छुवाउन खोज्दा ऋषिले राजकुमार अत्यन्त पूण्यवान भएको लक्षण देखे । त्यसैले ऋषि साहै खुसी भएर हाँसे । तर, मुख निन्याउरो पार्दै ऋषिले आँखाबाट आँशु झार्न थाले । यो देखेर राजा शुद्धोदनलाई आश्चर्य लाग्यो । ऋषि कालदेवलले राजकुमारमा महापुरुषको लक्षण भएको, अति पूण्यवान् तथा भविष्यमा ठूलो ज्ञान पाएर बुद्ध हुने कुरा राजा शुद्धोदनलाई बताए । तर, आफू अहिले नै वृद्ध भइसकेकाले उनको उपदेश सुन्न नपाउने भएकाले आपूm हाँसेको र रोएको कुरा राजालाई सुनाए । यति भन्दै ऋषि कालदेवलले राजकुमारलाई दण्डवत् गरे । यस्तो आश्चर्यमय घटना देखेर महाराज शुद्धोदनले आफ्ना छोरा साधारण नभई ठूला हुन् नत्र यत्रा महाऋषिले किन वन्दना र दण्डवत गर्थे भनी आपूmले पनि पुत्ररत्नलाई दण्डवत् गरे । उनी आफ्नो आँखाबाट आँसु सार्दै असिम आनन्दको महासागरमा डुबे ।

शाक्यकुलमा बालक जन्मेको पाँचौँ दिनमा नामकरण गर्ने परम्परा थियो । उनले विद्वानहरूलाई बोलाए । त्रिवेदमा पारंगत १ सय ८ जना ब्राम्हणलाई आमन्त्रण गरे । राजाले आमन्त्रित ब्राम्हणलाई मिष्ठान्न भोजन गराए । त्यसपछि राजाले ब्राम्हणलाई बालकको नामकरण के गर्ने भनी सोधे । ती १ सय ८ ब्राम्हण मध्ये राम, धज, लक्षण, मन्ती, कौण्डन्य, भोज, सुयान, सुदत्त नाम गरेका ज्योतिष विद्यामा पारंगत अति श्रेष्ठ आठ जना पण्डितले राजकुमारमा शुभ लक्षण देखे । ती विद्वानहरूले राजकुमारको नाम सिद्धार्थ राखे । सिद्धार्थको अर्थ आपूmले चाहेको सिद्ध हुनु हो । ती विद्वानहरूले राजकुमार राजपाट सम्हालेर राज्यमा बसेपछि महान चक्रबर्ती राजा हुनेछन् । यदि दरबार छोडेर प्रव्रजित भएमा संसारभरिका बुद्ध हुनेछन् भनी घोषणा गरे ।

ती आठ जनामध्ये सबैभन्दा कान्छो कौण्डन्यले सिद्धार्थ कुमार ठूलो भएपछि राज्य छोडी प्रव्रजित हुनुहुनेछ र संसारभरिका महान् बुद्ध हुनुहुनेछ भनी घोषणा नै गरे । उनले भने, ‘एक वृद्ध, एक रोगी, एक मृतक र एक सन्यासीलाई देखेर राजकुमार संसारबाट विरक्त हुनेछन् ।’ सिद्धार्थ ठूलो भएपछि महान् सम्राट् हुने कुराले शुद्धोदन धेरै खुसी भए । तर राजकुमारले राजपाठ छोडेर प्रव्रजित हुने कुराले उनी साहै चिन्तित भए । राजा शुद्धोदन आफ्ना राजकुमार सिद्धार्थ गृहस्थलमा बसुन, राजपाठ सम्हालुन् र आफ्नो उत्तराधिकारी बनुन् भन्ने चाहन्थे । यसरी राजकुमारलाई सर्वार्थसिद्ध, अर्थात सिद्धार्थ भन्ने नामाकरण राजाका चौरासी हजार नाता कुटुम्बले उपस्थितिमा सम्पन्न भयो ।

भनिन्छ जसको चेतनाको स्तर जति उच्च हुन्छ उसमा संवेदनशीलता उति बढी हुने गर्छ । सिद्धार्थको तीव्र संवेदनशीलताको कारणले राजा शुद्धोदन पनि आफ्नो एक मात्र उत्तरधिकारी छोरा सन्यासी बन्ला भनेर राजालाई खुब चिन्ता थियो । सिद्धार्थलाई आफूसँग राख्ने इच्छाले राजाले यसको लागि हरेक सम्भव उपाए गरे र सावधानी उपनाए । यस्तो कथन पनि छ कि सिद्धार्थले कहिल्यै रोगी र बुढो मानिस देखेनन् । बैराग्य आउला भनेर उनलाई मृत मानिसको बारेमा पनि थाहा थिएन र गेरु बस्त्र धारीहरू पनि उनले कहिल्यै देखेनन् । उनी सधै युवाहरूबाट घेरिएर रहन्थे ।

शुद्धोदनले राजकुमारलाई छेउछाउ भोगविलास र आमोद प्रमोदका हरेका बस्तु जम्मा पारेका थिए जुन उनको बशमा थियो । भनिन्छ राजाले राजकुमारलाई उनको उमेर अनुसारका कन्या साथीको व्यवस्था गरेका थिए । युवा कालमा उनी हरबखत सुन्दरीबाट घेरिएका हुन्थे । यो कुराको पर्याप्त संकेत उपलब्ध छ । राजकुमार सिद्धार्थले उत्तम शिक्षा प्राप्त गरे । कारण त्यो बेला ज्ञानले धेरै महत्व पाएको थियो, अश्वघोष कृत बुद्ध चरितमा गरिएको एक टिप्पणीअनुसार कपिलबस्तु नगरको यो नाम सांख्यो दर्शनका प्रतिपादक महर्षि कपिलको नाममा राखिएको थियो ।

प्रतिक्रिया