यामाहाको नयाँ बाइक एफ जेड एक्स बजारमा

काठमाडौँ । यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० बजारमा आएको छ । एमएडब्लू इन्टरप्राइजेजले बुधबार बाट बिक्री बितरण सुरु गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले वैशाख १५–२१ सम्म आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो ।

कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो । जुन एलसिडी मिटर र ब्लुटूथ कनेक्टिभिटीजस्ता स्मार्ट सुविधा र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ । ‘राइड फ्रि’ अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको बाइक रहेको कम्पनीले बताएको छ ।

यामाहाका अन्य मोटरसाइकलहरूभन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको यस मोटरसाइकलको हरेक ‘डिटेल’ चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ । यसको बजार मुल्य ४ लाख २६ हजार ९ सय रुपैया रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया