नेपाल एसबिआई बैंक सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव समारोहको अवसर पारेर यही वैशाख १४ मा गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो । उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार डेलेलाई प्रदान गरे । आर्थिक वर्ष २०७९/०८० भित्र बैंक तथा वित्तीय संस्थाहरू मध्ये बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।

प्रतिक्रिया