सिटिजन्स बैंक र सुर्खेत हस्पिटल बीच समझदारी

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेत स्थित सुर्खेत हस्पिटल प्रालि बीच सिटिजन्स बैंकका कार्डबाहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पश्चात बैंकका कार्डबाहकले सुर्खेत हस्पिटल बाट प्रदान गरिने सेवामा २० प्रतिशत सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

त्यस्तै मोबाइल बैकिग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया