टी २० विश्वकप : पाकिस्तानको लगातार दोश्रो जित

लण्डन । पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा न्युजिल्यान्डमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८. ४ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३४ बलमा ५ चौका सहित सर्वाधिक ३३ रनको योगदान दिए । आसिफ अली १२ बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे ।

शोएब मलिक २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा अविजित रहे । कप्तान बाबर आजम ९, फखार जमान इमाद वासिम र मोहम्मद हफिज ११–११ रनमा आउट भए । न्युजिल्यान्डका स्पिनर ईश सोधीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए । त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । न्युजिल्यान्डका डेभन कन्वेले २४ बलमा ३ चौका सहित सर्वाधिक २७ रन बनाए । न्युजिल्यान्डलाई ओपनर मार्टिन गुप्टिल र ड्र्याल मिचेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ३६ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर हरिस रौफले गुप्टिललाई १७ रनमा बोल्ड आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि न्युजिल्यान्डका कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । गुप्टिल बोल्ड हुनुअघि २० बलमा ३ चौका प्रहार गरे ।

स्पिनर ईमाद वासिमले नवौं ओभरको दोस्रो बलमा ड्र्याल मिचेललाई फखार जमानबाट २७ रनमा क्याच गराए । मिचेलले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरको पहिलो बलमा मोहम्मद अफिजले जमानबाट जेम्स निशम १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्ड समस्यामा परेको थियो । १४ औं ओभरको पहिलो बलमा कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगेका थिए । न्युजिल्यान्डका प्रमुख ब्याटर केनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । तल्लोक्रमका ग्लेन फिलिप्स १३, टिम सिफर्ट ८ र मिचेल सान्टनर ४ रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १–१ विकेट लिए । पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको छ । सुपर १२ को समूह बी मा पाकिस्तान २ खेलमा २ मानै जितका साथ शीर्षस्थानमा छ । अफगानिस्तान १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । पाकिस्तानले अव शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । न्युजिल्यान्डले आइतबार भारतसँग खेल्नेछ । भारत र न्युजिल्यान्डबीचको खेल दुबै टोलीलाई निकै महत्वपूर्ण हुनेछ । सुपर १२ को समूह ए मा इंग्ल्यान्ड १ खेलमा २ अंकका साथ शीर्षस्थानमा छ । श्रीलंका पनि १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । १ खेलमा २ अंकका साथ अष्ट्रेलिया तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया