पोल्यान्ड हारबाट जोगियो

बर्लिन । युरोकपअघिको अन्तिम तयारी खेलमा पोल्यान्ड हारबाट जोगिएको छ । घरेलु टोलीले खेलमा दुईपटक पछि परेपनि पूनरागमन गर्दै २–२ गोलको रोमाञ्चक बराबरीमा रोकिएको हो ।  आइएनइए स्टेडियम पोजनान पोल्यान्डमा मंगलबार राति भएको खेलमा आइसल्यान्डले दुईपटक अग्रता लिएपनि जोगाउन नसक्दा जितबाट वञ्चित बन्यो । २७औं मिनेटमा अल्बर्ट गुडमुन्डसनले गोल गर्दै आइसल्यान्डलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४७औं मिनेटमा ब्रायनजर इन्गी विजारसनले गोल गर्दै आइसल्यान्डलाई पुनः २–१ को अग्रता दिलाए । तर खेल सकिन दुई मिनेट बाँकी रहँदा कारोल स्वीडर्सकीले गोल गर्दै पोल्यान्डलाई हारबाट जोगाए । उनले क्रसमा आएको पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ढंगले छातीमा नियन्त्रणमा लिँदै डिफेन्डरको खुट्टा मुनिबाट गोल गरेका थिए ।

समूह ‘ई’ मा रहेको पोल्यान्डले १४ जुनमा स्लोभाकिया, १९ जुनमा स्पेन र २३ जुनमा स्वीडेनसँग खेल्नेछ । आइसल्यान्ड भने अब सेप्टेम्वरमा मात्रै अन्तर्राष्ट्रिय खेलमा उत्रनेछ । यस्तै चेक रिपपब्लिकले अल्वानियामाथि ३–१ को सहज जित दर्ता गरेको छ । चेक रिपब्लिकको जितमा प्याट्रिक, लुकास मासोपस्ट र अन्ड्रेज सेलुस्टकाले गोल गर्दा अल्वानियाका सोकोल सिकालेसीर्ल एक गोल फर्काए । हंगेरी र आयरल्यान्डले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया