उद्योगपति चौधरीको सम्पती स्थिर

काठमाडौं । अर्बपतिको सूचीमा परेका विनोद चौधरी सम्पत्ति स्थिर रहेको फोर्ब्स म्यागजिनले जनाएको छ । उनी विश्वका धनीको सूचीमा २१ सय ४१ नम्बरमा छन । तर धनाढ्यको सुचिमा भने उनि तल झरेका छन । दुई वर्षयता उनको उनको सम्पत्ति १ दशलमव ४ बिलियन डलर अर्थात १ अर्ब चालिस करोड डलर बराबर रहेको थियो । गत वर्ष १५१३ स्थानमा रहँदा पनि उनको सम्पती १ दशमलव ४ बिलियन नै थियो ।

२०१९ मा १ दशलमव ७ बिलियन, १३ सय ४९ औं स्थानमा, २०१८ मा १ दशलमव ५ बिलियन थियो, १५ सय ६१ औं स्थानमा र २०१७ मा १ दशलमव ३ बिलियन डलर र १५ सय ६७ औं स्थानमा रहेका थिए । अमेजन मालिक जेफ बेजोस सन २०२१ का संसारकै धनी व्यक्ति घोषित भएका छन । फोब्सले प्रकाशित गरेको सूची अनुसार यो वर्ष उनको कूल सम्पत्ति १ सय ७७ बिलियन अर्थात एक खर्ब ७७ अर्ब अमेरिकी डलर पुगेको छ ।

रकेट कम्पनी स्पेस–एक्स र कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क धनाढ्य सूचीको दोस्रो स्थानमा रहेका छन । बेजोसको सम्पत्ति १ सय ५१ बिलियन डलर छ । तेस्रो नम्बरमा पेरिसका बिलासीताका वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन । माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन भने फेसबुक संस्थापक मार्क जुकरबर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा रहेका छन ।

वारेन बफेट छैटौं, ल्यारी एलिसन सातौं, गुगल मालिक ल्यारी पेज आठौं, गुगलका सर्जी ब्रिन नवौं र भारतीय धनाढ्य मुकेश अम्बानी ८४ दशलमव ४ बिलियन डलरसहित दशौं स्थानमा छन । अम्बानी एसियाकै धनी व्यक्ति बन्न सफल भएका छन ।
त्यसैगरी, विश्वकै धनी महिलाको सूचीमा ६७ वर्षीय फ्रान्सोआइस बेटेनकोर्ट मेयेर्स बनेकी छन । उनको कुल सम्पत्ति ७३ दशलमव ६ बिलियन डलर छ । फोब्सको ३५ औं वार्षिक सूचीमा ४९३ जना नयाँ अर्बपति थपिएका छन । उनीमध्ये २ सय १० जना चीन र हङकङका रहेका छन ।

प्रतिक्रिया