पुरक परीक्षाले लियो युवतीको ज्यान

जाजरकोट, २२ भदौ । पुरक एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि जाजरकोटमा एक छात्राले खोलामा हाम फालेर ज्यान दिएकी छन् ।
कोर्ताङ्ग–१ की १९ वर्षीया बीना नेपालीले पुरक एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि खोलामा हामफालेर ज्यान दिएको प्रहरीले जनाएको छ ।
उनले श्री माध्यमिक विद्यालय सिर्पाचौरबाट पुरक परीक्षा दिएकी हुन् । सामाजिक विषय लागेर पुरक एसएलसी परीक्षा दिएकी नेपाली उत्तीर्ण हुन नसके पछि औलोखोलामा हाम फालेर ज्यान दिएकी हुन् ।
बिहीवार बिहान मकै बारीमा बाँदर हेर्न गएकी नेपाली अवेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा खोलामा डुवेर मृत्यु भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।
घरमा आर्थिक अवस्था कमजोर भएकी नेपाली पुरक परीक्षाको नतिजा थाहा पाएपछि निकै निरास भएको उनका वुवा कलरुप नेपालीले वताए ।
यसैवीच, कोर्ताङ्गमै पहिरोले पुरिएर अर्की एक बालिकाको पनि मृत्यु भएको छ ।
१५ वर्षीया लीलाकुमारी वस्नेतको वुधवार विहान गोठमा सुतिरहेको अवस्थामा पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया