कृष्ण र पूजाको आवाजमा ‘आयो दशैँ’ सार्वजनिक

काठमाडौं । लोक गायक कृष्ण थापा र गायिका पूजा तामाङको युगल आवाजमा ‘आयो दशैँ’ बोलको गीत सार्वजनिक भएको छ ।

सबैभन्दा ठूलो पर्व बडादशैँ नजिकै आइरहेका बेला त्यसैको अवसर पारेर उक्त गीत ल्याएको गीत निर्माण पक्षले जनाएका छन् । गीतको शब्दमा दशैँले ल्याउने रौनक र खुशीलाई दर्शाइएको छ ।

भोला पौडेलले शब्द रचना गरेको गीतमा मनोहर सुनामले संगीत भरेका छन् भने उनको आफ्नै संयोजन छ । उक्त गीतको भिडियो म्युजिक खबरको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया