अपराध महाशाखा टेकुबाट बानेश्वर सर्यो

काठमाडौं । अपराध महाशाखा टेकुबाट बानेश्वर सरेको छ । केन्द्रीय राजधानी उपत्यकाभित्रका विभिन्न अपराध अनुसन्धान गर्दै आएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट बानेश्वर सरेको महाशाखाले जनाएको छ ।

जानकारी अनुसार अपराध महाशाखाको नयाँ भवन निर्माण सुरु भएको हुँदा अस्थायीको लागि उक्त कार्यालय बानेश्वर सारिएको बताइएको छ । काठमाडौं प्रहरी परिसर, टेकु भने यथावत नै रहने जनाइएको छ ।

प्रतिक्रिया