गजल

गणेश प्रसाद पौडेल ‘बहुरुपी’

सात समुन्द्र तरियो दुःखसँग बच्न
गर्नु नगर्नु गरियो दुःखसँग बच्न ।

देउरालीमा पनि बाँधेकै हो धजा
रातो पहेँलो हरियो दुखसँग बच्न ।

दुःखीको केही लागेन सुखीको सामु
आँसुले गह भरियो दुःखसँग बच्न ।

के छ खै के छ त्यो सहरतिर त्यस्तो
पोको बोकी झरियो दुःखसँग बच्न ।

कहिले कता कहिले कता भागदौड गर्दै
बारम्बार मरियो दुःखसँग बच्न ।

प्रतिक्रिया