हलिउड अभिनेत्री ओल्गालाई पनि कोरोनाको संक्रमण

एजेन्सी । हलिउड अभिनेत्री ओल्गा कुरलेन्को कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । जेम्स बान्डको फिल्म ‘क्वान्टम अफ सोलेस’ मा भूमिकामा निभाएकी ओल्डालाई कोरोनाभाइरस ‘पोजेटिभ’ देखिएको हो । अभिनेत्री ओल्गाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा घरको झ्यालको तस्बिर शेयर गर्दै आफू कोरोना भाइरस संक्रमित भएको जानकारी गराएकी हुन् ।

४० वर्षीया ओल्गा एक सातादेखि बिरामी परेकी थिइन् । उनले कोरोना परीक्षणपछि उनले आफूलाई कोठाभित्र बन्द गरेर राखेको जानकारी गराएकी छन् । उनलाई सुरुमा ज्वरो आएको र थकान महसुस हुने जस्ता लक्षणहरु देखिएका थिए । त्यसपछि उनले कोरोनाभाइरस टेस्ट गराएकी थिइन् ।

प्रतिक्रिया