विश्व क्रिकेटमा कोरोना प्रभाव

एजेन्सी, दिल्ली । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को कारण यति बेला विश्वभर महामारी फैलिनुको साथै त्रास उत्पन्न भएको छ । कोरोना भाइरसको कारण विश्व खेलकुदलाई पनि ठूलो असर पु¥याएको छ । क्रिकेट पनि कोरोनाको कारण नराम्रोसँग प्रभावित बनेको छ । मुखैमा आएका प्रतियोगिता र सिरिज स्थगित हुनुको साथै सारिएका छन् ।

नेपालको फ्रेन्चाइज टि२० लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) देखि विश्व चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) सम्म कोरोनाको मारमा परेका छन् । पाकिस्तान सुपर लिग (पिएसएल) भने जारी छ । तर, पिएसएलबाट विदेशी खेलाडी स्वदेश फर्किन थालेका छन् । न्युजिल्यान्डका तीव्र गतिका बलर ल्योकी फर्गुसन र अस्टे«लियाका केन रिचर्डसनलाई कोरोनाको आशंका गरे पनि दुवैको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसले गर्दा विश्व क्रिकेटमा हालसम्म प्रभावित सिरिज र प्रतियोगिता निम्न छन् ।

१. इपिएल
नेपालको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग इपिएल चैत्र १ देखि हुने तयारी थियो । तर, कोरोना भाइरसको कारण आयोजकले अकस्मात अघिल्लो हप्ता एक पत्रकार सम्मेलन गरी अनिश्चित समयको लागि स्थगित भएको जानकारी दिएका थिए । यसपटक इपिएलमा वेस्ट इन्डिजका ओपनर क्रिस गेलदेखि न्युजिल्यान्डका अलराउन्डर कोरी एन्डरसनसम्मका स्टार खेलाडी आउने तयारी हुँदा विशेष हुने अनुमान गरिएको थियो ।

२. आइपिएल
विश्व क्रिकेटकै सर्वाधिक लोकप्रिय र सफल टि२० फ्रेन्चाइज लिग आइपिएल पनि कोरोना भाइरसको कारण झण्डै तीन हप्ता पछि सरेको छ । सुरुमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का अध्यक्ष सौरभ गांगुलीले नसर्ने भनेपनि अन्तिममा चौतर्फी आलोचनापछि सरेको हो । आइपिएल चैत्र १६ देखि सुरु हुने तयारीमा थियो । तर, अब वैशाख ३ देखि सुरु हुनेछ ।

३. लेजेन्ड्स वल्र्ड सिरिज
भारतका मुम्बईमा पाँच राष्ट्र (भारत, श्रीलंका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र वेस्टइन्डिज) लेजेन्ड्सबीचको वर्ल्ड रोड फेफ्टीको सिरिज पनि स्थगित भएको छ । भारतका पूर्वकप्तान सचिन तेन्दुलकर देखि वेस्ट इन्डिजका पूर्वकप्तान ब्रायन लाराले सहभागिता जनाएको उक्त प्रतियोगिता सुरुवाती ४ खेल सम्पन्न हुँदा अन्य रद्द भए ।

४. भारत र दक्षिण अफ्रिकाबीच सिरिज
कोरोना भाइरसको कारण भारत र दक्षिण अफ्रिकाबीचको तीन ओडीआई सिरिजअन्तर्गत बाँकी दुई खेल रद्द भएको छ । पहिलो खेल वर्षाको कारण हुन नसक्दा बाँकी दुई खेल रद्द भएका छन् ।

५. श्रीलंका र इंग्ल्यान्डबीच टेस्ट सिरिज
मार्च पहिलो सातानै श्रीलंका पुगेको इंग्ल्यान्डले दोस्रो अभ्यासको क्रममा टेस्ट सिरिज सुरु नभई स्थगित भएको छ । दुई टेस्ट सिरिजको लागि श्रीलंका पुगेको इंग्ल्यान्ड पहिलो टेस्ट बिहीबारदेखि खेल्ने कार्यतालिका थियो ।

६. न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको सिरिज
पहिलो एक दिवसिय खेलमा पाहुना टोली न्युजिल्यान्ड अस्ट्रेलियासँग ७१ रनले पराजित भएको थियो । सिड्नीमा प्रतिस्पर्धा भएको उक्त खेल खाली स्टेडियममा गराइएको थियो । ब्याट्सम्यानले प्रहार छक्का प्याराफिटमा खेलाडी नै लिन जानु परेको थियो । पहिलो खेल भएपनि कोरोना जोखिम झनै बढेपछि बाँकी दुई खेल स्थगित थयो । त्यस्तै तीन टि२० सिरिज पनि स्थगित भएको छ ।

प्रतिक्रिया