गौतमबुद्ध क्रिकेट रङ्गशालाको लागि सन्दीप लामिछानेको सहयोग

काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेले धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गरेका छन्र । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको लागि उनले रु ७० हजार फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरे ।

क्रिकेटर सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिए बापतको रकम रङ्गशाला निर्माणको लागि सहयोग गर्ने घोषणा गरेका थिए । उनले प्रत्येक विकेट लिए बापतको रु आठ हजार ८४८ सहयोग गर्ने घोषणा गरेका थिए ।

सन्दीपले ओमान र अमेरिकासितका चार खेलमा आठ विकेट लिएका थिए । सोही विकेट बराबरको रकम फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरिएको हो । सन्दीप रङ्गशाला निर्माणका सद्भावनादूतसमेत हुन् ।

प्रतिक्रिया