विषालु च्याउ खाँदा महिला बिरामी

जाजरकोट, १८ साउन । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एक महिला बिरामी परेकी छन् ।
बुधवार साँझ आफन्तले जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाएपछि पुन्मा–३, छिप्रेनाकी ३५ वर्षीया विपना पुन बिरामी परेकी हुन ।
उनी सदरमुकाम खलंगामा–१, शान्तिचौतारीमा रहेको आफ्नै घरमा बस्दै आएकी थिईन ।
च्याउको तरकारी खाएलगत्तै वान्ता गरेर बेहोश भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पतला लगिएको थियो ।
अस्पताल पुराएपछि उनको नाकबाट रगत बग्ने, आँखा सुन्निने जस्ता लक्षण देखिएको स्थानीय रामचन्द्र घर्तीले जानकारी दिए ।
उनी अझै होसमा आउन सकेकी छैनन् । ४८ घण्टासम्म उनका बारेमा केही भन्न नसिकने उपचारमा संलग्न अहेब खिम पुनले बताए ।

प्रतिक्रिया