बक्सिङमा २० वर्षपछि मिनु गुरुङले दिलाइन् नेपाललाई स्वर्ण

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ । सातदोबाटोमा आज भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । उनले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जितेकी थिइन् ।

यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो । सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।

त्यतिबेला नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्णपदक जितेको थियो । त्यसैगरी महिला ४८ केजी तौल समूहमा ललिता महर्जनले रजत पदक हात पारिन् । उनि भारतकी श्रीनिभासन कालाइभानीसँग पराजित भएपछि रजतपदक हात पारेकी हुन् । योसँगै १३औँ सागमा नेपालको स्वर्ण पदक ४६ पुगेको छ ।

प्रतिक्रिया