पर्यटन बोर्डको कार्यालयमा तालाबन्दी

कैलाली, १० साउन । डोटीको सिलगढीमा रहेको खप्तड पर्यटन बोर्डको कार्यालयमा अनेरास्ववियुले आज ताला लगाइ दिएको छ ।
खप्तड क्षेत्रको पूर्वाधार निर्माणको नाममा आएको बजेटको ब्यापक अनियमितता भएको भन्दै अनेरास्ववियुले कार्यालयमा तालाबन्दी गरेको हो । उसले दोषीलाई कारबाहीको माग गरेको छ ।
गत आर्थिक वर्ष ०६८–६९ मा सिलगढी बगलेक उपभोक्ता समितिको खातामा १० लाख रुपियाँ बोर्डका निर्देशक गणेश सिंहकले आफ्नी पत्नी ऐश्वर्या सिंहको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर २७५७८ मा जम्मा गरेका थिए ।
रकम पत्नीको खातामा राखेको थाहा पाएपछि अनेरास्ववियुका कार्यकर्ताले निर्देशक सिंहलाई कारबाही गर्न माग गर्दै बोर्डको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
निर्देशक सिंहले पत्नीको खातामा १० लाख रुपियाँ जम्मा गरेको राष्ट्रिय वाणिज्य बैंक डोटीले जनाएको छ ।

प्रतिक्रिया