भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन

काठमाडौं । ह्वील चेयर कप टी–२० क्रिकेटको फाइनल खेलमा पाकिस्तानले भारतमाथि नाटकीय जित हासिल गरेको छ । शनिबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा दुई सय १० रनको शानदार योगफल तयार पारे पनि जितको लागि पर्याप्त भएन ।

भारतका लागि शौरभ मलिकले अविजित रहँदै ६२ बलको मद्दतमा एक सय ४ रन बनाए । निकुल प्रजापतिले अविजित रहँदै ३३ बलको मद्दतमा ६३ रन बनाए । पाकिस्तानका लागि सईद अरसलन अहमद र अदनन निशारले समान एक विकेट लिए । दुई सय ११ रनको लक्ष्य पाकिस्तानले १९ दशमलव ३ ओभरमा पाँच विकेटको क्षतिमा भेट्यायो ।

५५ रनको अवस्थामा चार विकेट गुमाएको अवस्थामा पाकिस्तानले उत्कृष्ट पुनरागमन गर्दै जित हात पार्यो । पाकिस्तानको जितमा मुहम्मद लतिफ एक्लैले अविजित रहँदै ६८ बलमा एक सय ५६ रन बनाए । भारतका लागि सौरभ मलिकले दुई विकेट लिए । त्यस्तै विश्वनाथ गुरव र परशुराम देसालेले एकरएक विकेट लिए । पाकिस्तानको जित सम्भव बनाएका लतिफ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।

उता लिगका सबै खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको भारतले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको समाप्तिमा २ विकेट गुमाएर २ सय १० रन जोड्न सफल भएको थियो । खेलमा भारतका ओपनर सौरभ मलिकले अविजित शतकीय इनिङ खेले । ६२ बलको सामना गरेका मलिकले १९ चौका र १ छक्का प्रहार गरेका थिए । अर्का ओपनर परशुराम देशालेले ५ रनमै पवेलियन फर्किंदा विश्वनाथ गौरव २३ रनमा बोल्ड भए । निखिल प्रजापतिले अविजित ६३ रनको पारी खेल्दै ओपनर मलिकलाई साथ दिएका थिए ।

बलिङतर्फ पाकिस्तानका लागि शेद अर्सलन अम्मेद र अदनान नसिरले समान १÷१ विकेट लिए । प्रतियोगितामा रोमाञ्चक जित निकालेको पाकिस्तानले उपाधिसहित नगद ६० हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेता बनेको भारतले नगद ३० हजारमा चित्त बुझायो । प्रतियोगितामा पाकिस्तानलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मोहम्मद लतिफ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्सम्यान घोषित भए । दुई विधामा उत्कृष्ट भएका लतिफले क्रमशः नगद ५ हजार र ३५ सय रुपैयाँ प्राप्त गरे ।

यस्तै अन्य विधाअन्तर्गत प्रतियोगिताअवधिभर सर्वाधिक ४ विकेट लिएका भारतका सौरभ मलिक उत्कृष्ट बलर घोषित हुँदा भारतकै लक्ष्मण विरहाडे उत्कृष्ट फिल्डर घोषित भए । उत्कृष्ट बलर भएका सौरभले नगद ३५ सय प्राप्त गर्दा उत्कृष्ट फिल्डर भएका लक्ष्मणले नगद ३ हजार रुपैयाँ हात पारे । प्रतियोगितामा नेपाल जितविहीन हुँदै बाहिरिएको थियो भने बंगलादेशले नेपालमामाथि मात्र जित निकाल्न सफल भएको थियो । गत बुधबारबाट आयोजना भएको प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान र बंगलादेश सहभागी थिए ।

प्रतिक्रिया