“रुनीमाथि आशा बढी भयो”


लन्डन, १८  असार । युरोकप–२०१२ मा इंगल्यान्ड क्वार्टरफाइनलबाट बाहिरिएपछि सो टोलीका कप्तान स्टिफन जेरार्डले स्ट्राइकर वाइन रुनीमाथि बढी आशा गरिएका कारण उनले स्वाभाविक प्रदर्शन गर्न नसकेको बताएका छन् ।
अपेक्षाअनुसारका प्रदर्शन गर्न उनले संघर्ष गर्नुपरेकोले रुनीले आफ्नो स्तर भुलेको जेरार्डको भनाइ छ । समूहचरणमा विजेता भएको इंगल्यान्ड सेमिफाइनल प्रवेशका लागि भएको भिडन्तमा इटालीद्वारा टाइब्रेकरमा पराजित भएको थियो । ‘यस्तो स्थितिमा कुनै डर र दबाबविना खेल्न पाउनुपर्छ खेलाडीले ।’ जेरार्डले भने, ‘यदि उनीबाट स्वाभाविक अपेक्षा गरिएको थियो भने रुनीको प्रदर्शन राम्रो हुने थियो ।’ सन् २००३ मा राष्ट्रिय टिममा डेब्यु गरेका रुनीले त्यसको एक वर्षपछि नै आयोजित युरोकपमा व्यक्तिगतरूपमा सानदार प्रदर्शन गरेका थिए । प्रतिबन्धका कारण समूहचरणका सुरुआती दुई खेल गुमाएका रुनीले तेस्रो तथा अन्तिम खेलमा युक्रेनविरुद्ध गोल गरेका थिए । इटालीविरुद्धको क्वार्टरफाइनलमा भने उनी जम्न सकेनन् ।

प्रतिक्रिया