‘मार्देउ सुटुक्कै’ सार्वजनिक

काठमाडौँ । लोकदोहोरी गायक गणेश न्यौपाने र बिजु घिमिरेको आवाजमा ‘मार्देउ सुटुक्कै’ नाम गरेको गीत सार्वजनिक भएको छ । गायक न्यौपानेकै शब्द रचना साथै संगीत उक्त गीतमा रहेको छ ।

टि टाइम म्युजिकको प्रस्तुतिमा रहेको सोही गीतलाई वरिष्ठ गायक इन्द्र जिसीले एरेन्ज गरेका छन् । त्यस्तै गायिकाबाट दर्शक स्रोतामाँझ आफ्नो पहिचान बनाइसकेकी गायिका जमुना रानाले उक्त गीतको भिडियो निर्देशन गरेकी छन् ।

करण चैसिरले छायांकन गरेको उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् । गायक गणेश न्यौपाने र मुना मगरले सोही भिडियोमा अभिनय गरेका छन् । मायाँ प्रेममा हुने गतिविधिलाई गीतको कथामा समावेश गराएको गायक न्यौपानेले बताए ।

पाल्पामा जन्मिएका न्यौपानेले करिब दर्जनको हाराहारीमा गीत बजारमा उतारी सकेका छन् भने मौलिक गीत सृजना गरेर अझै कुशल गयाकको रुपमा चिनिन चाहेको उनको भनाई छ ।

त्यस्तै गायिका तथा यस गीतको भिडियोकी निर्देशिका जमुना राना पनि पाल्पामै जन्मिएकी हुन् भने दर्जनौं उनकै आवाजमा गीत बजारमा आएर चर्चामा रहेका छन् । पछिल्लो समयमा गायिका राना भिडियो निर्देशिकाको रुपमा समेत छलांग मार्दै कलाकारितामा लम्किएकि छन् ।

मार्देउ सुटुक्कै गीत र भिडियाे तल हेर्नुहाेला

प्रतिक्रिया