प्रितम प्रिक्वाटरफाइनलमा

pritam quater final
काठमाडौं ११ असार । आयोजक नेपाल वायुसेवा निगमका प्रितम प्रधान अन्तर एअरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रितमले २ खेलमा जित हात पारे । पहिलो खेलमा प्रितमले हिमालयनका प्रभात भण्डारीलाई १२–१०, ११–६ र १३–११ को सोझो सेटमा पराजित गरे । अर्कोमा प्रितमले ड्रक एयरका सुविर श्रेष्ठलाई ११–९, ११–५ र ११–२ को सीधा सेटमा हराए । पुरुष सिंगल्समै चाइना इस्टर्नका सविरमान सिंह पनि आफ्नो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भए । उनले कोरियन एअरका विकास खड्काको चुनौती ११–६, ११–३ र ११–२ को सोझो सेटमा पन्छाए ।
निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको निगमकै महाप्रबन्धक सुगतरत्न कंसाकारले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा ५ स्पर्धामा विभिन्न १५ एअरलायन्सका ४७ प्रतिस्पर्धीको सहभागिता रहेको निगमअन्तर्गत खेलकुद तथा क्रियाकलाप उपकमिटीका संयोजक नवीनबहादुर शाक्यले जनाएका छन् । सिंगल्सतर्फ पहिलो हुनेले काठमाडौं–हङकङ–काठमाडौं, दोस्रोले काठमाडौं–क्वालालम्पुर–काठमाडौं र तेस्रोले काठमाडौं–बैंकक–काठमाडांैको हवाइ टिकट पुरस्कार स्वरूप प्राप्त गर्नेछन् ।

प्रतिक्रिया