केही वर्षयता अवैध सुन तस्करीको धन्दा तीव्र रूपमा फस्टाउ“दै गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सीमा क्षेत्रका जिल्लाबाट भारी मात्रामा बरामद भएको सुनको विवरणले अवैध सुन ओसारपसारको धन्दा मौलाएको प्रमाणित गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिपक्षीय मिलेमतोमा ३४ केजी सुनका बिस्कुट बाहिरिएपछि अवैध सुन तस्करीको कीर्तिमान नै कायम भएको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलभित्र सुरक्षा संयन्त्र कति फितलो रहेछ भन्ने यही घटनाले पुष्टि गरेको छ । विमानस्थलका भन्सार अधिकारी र सुरक्षा अधिकारीको मिलेमतोविना तस्करले यतिधेरै परिमाणमा अवैध सुन कसरी बाहिर ल्याउन सक्छ ? नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले विदेशबाट पाएको सूचनाका आधारमा बिहीबार भन्सार जा“च पास भएर बाहिरिएलगत्तै दुबर्ईबाट आएका गोपालबहादुर शाहीको लगेजबाट ३४ केजी परिमाणको सुन बरामद गरेको थियो, जसमा १ सय ८२ थान सुनका बिस्कुट, १८ थान सिक्री तथा १९ थान औ“ठी रहेको थियो । यस घटनाले त्रिपक्षीय मिलेमतोमा ठूलो परिमाणमा सुन तस्करी भइरहेको पुष्टि भएको छ ।
विभिन्न मुलुकबाट तस्करले ल्याउने अवैध सुन ठूलो परिमाणमा नेपाली बजारमा खपत हु“दै आएको छ । नेपाली बजारबाहेक तस्करले खुला सिमानाको फाइदा उठाउ“दै भारतीय बजारसम्म तस्करी गर्ने गरेका छन् । विमानस्थलको भन्सारबाटै बाहिरिएको अवैध सुन बरामदको घटनाले नेपालमा हुने सुन तस्करीको पुरानो इतिहासलाई पुनः स्मरण गराइदिएको छ । सरकारले नै डेढ दशकअघि विमानस्थल अवैध सुन तस्करीको अखडा रहेको निष्कर्ष निकालेको थियो । गृह मन्त्रालयका विशेष सचिवको संयोजकत्वमा गठित छानबिन समितिले ०५५ सालको आर्थिक वर्षको सुरूआतमै विमानस्थलमा भएका घटनाको अध्ययन प्रतिवेदनमा सुनदेखि विदेशी मुद्रा तस्करीमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीसम्मको मिलेमतो हुने गरेको निष्कर्ष निकालेको थियो । समितिको अध्ययन प्रतिवेदन बिहीबारको घटनाले सत्य सावित गरेको छ । भन्सार कर्मचारी, अध्यागमन विभाग र नेपाल प्रहरीको संयुक्त मिलेमतोविना विमानस्थलको बाहिरी ढोकासम्म ३४ किलो सुन आइपुग्नु असम्भव छ । यस विषयमा अनुसन्धान ब्युरोले छानबिन गरी सत्यतथ्य विवरण सार्वजनिक गर्नुपर्दछ ।
प्रहरीले विभिन्न गिरोहबाट विगत ४ वर्षयता झन्डै ४ सय ५० किलो अवैध सुन पक्राउ गरेको तथ्यलाई विश्लेषण गर्दासमेत अवैध सुनको कारोबार मौलाइरहेको प्रष्ट हुन्छ । प्रहरीको अनुसन्धान ब्युरोले सुन कारोबारमा संलग्न व्यापारीलाईसमेत पक्राउ गरिसकेको छ । भूकम्पपश्चात् चीनस“ग जोडिएको तातोपानी नाका बन्द भएपछि अवैध सुनको धन्दा विमानस्थलमार्फत हु“दै आएको बुझ्न सकिन्छ । यसअघि न्युरोडका व्यापारीबाट ३ किलो सुन बरामद भएको थियो । सुनको वैध कारोबार गर्ने निकाय राष्ट्र बैंक र त्यसमातहतका वाणिज्य बैंक हु“दाहु“दै तस्करहरूले यसलाई कमाउने माध्यम बनाइरहेका छन् । प्रहरीले हालसम्म त्रिभुवन विमानस्थलबाट मात्रै ९० जनाभन्दा बढी सुन तस्करलाई पक्राउ गरिसकेको छ । विमानस्थलबाट सुनसहित समातिनेमध्ये धेरैजसो सुन तस्करले दुबई–कतारको बाटो हु“दै सुन ल्याउने गरेको पाइएको छ । मुलुकको समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने अवैध सुन तस्करीलाई नियन्त्रण गर्नुपर्दछ ।
प्रतिक्रिया