काठमाडौं । नेपालका अक्षतराज पौडेलले सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान कायम गरेका छन् । एशिया बुक अफ रेकर्डसका अनुसार मोरङ स्थायी घर भएका पौडेलले ३ वर्षको उमेरमा ३ मिनेट ६ सेकेण्डसम्म मादल बजाएर कीर्तिमान बनाएका हुन् ।
पौडेलले नेपालको सदावहार ‘लेकाली हो चोया को डोको’ बोलको लोकगीतमा हार्मोनियमसँग लय मिलाउँदै मादल बजाएका थिए । यसैलाई आधारमा मानी एशिया बुक अफ रेकर्डसले उनको नाममा किर्तिमान कायम भएको प्रमाणित गरेको हो ।
बालक पौडेलसँग अन्य प्रायस सबै गीतको लयमा समेत मादल बजाउन सक्ने क्षमता रहेको छ । पौडेलको जन्म सन् २०२२ मार्च २५ मा भएको थियो ।
अक्षतका बुबा अनिल तथा आमा इन्दिराले छोराको कीर्तिमानबाट आफूहरू मात्र नै मुलुक नै गौरवान्वित भएको महसुस भएको बताएका छन् । पौडेल परिवार हाल राजधानीको कागेश्वरी मनहरामा बस्दै आएको छ ।
प्रतिक्रिया