क्रिकेटमा समानान्तर कमिटी

ramesh bistaकाठमाडौं २४ पुस । एकै खेलको दुई संघ रहेको नेपाली खेलको सूचीमा अब क्रिकेट पनि थपिएको छ । यसअघि तेक्वान्दो, कराते, कुस्ती, जिम्नास्टिक र शारीरिक सुगठनलगायत धेरै खेलको दुई संघ बनिसकेको छ । यसअघि राष्ट्रिय खेलकुद परिषदबाटै तेक्वान्दोको समानन्तर कमिटी गठन भएको इतिहासलाई दो¥याउँदै राखेपसदस्य केशवकुमार विष्टले क्रिकेटमा पनि त्यही अवस्था सिर्जना गरे ।

राष्ट्रिय खेलकुद परिषद(राखेप)ले विवादका बीच नेपाल क्रिकेट संघको तदर्थ समिति गठन गरेको छ । राखेपले एमाले सचिव योगेश भट्टराईको नेतृत्वमा तदर्थ समिति बनाउने अभ्यास गरे पनि सफल हुन सकेन । कांग्रेसका कार्यकर्ता तथा बैतडीका निकै प्रभावशाली नेता समेत रहेका चतुरबहादुरको निर्वाचित नेतृत्वलाई राखेपले मान्यता नदिएपछि शीर्ष दलका नेताहरू सम्मिलित तदर्थ समिति बनाउने राखेपको प्रयासमा कांग्रेस तगारो बनेको थियो । तर अन्त्यमा निकै विवादास्पद व्यक्ति रमेश सिलवालको अध्यक्षतामा राखेपले १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

राजनीतिक हस्तक्षेप हाबी नभएको देखाउन परिषदले केही संघमा व्यवसायिक व्यक्तित्व र राजनीतिक पृष्ठभूमी भएका क्रिकेटकर्मीलाई समावेश गरेको छ । तथापि संघको मुख्य पदमा एमालेनिकट राजनीतिकर्मीको बाहुल्यता छ । सदस्यसचिव नियुक्त भएकै समयमा विष्टले खेलक्षेत्रलाई राजनीतिको छाँया पर्न नदिने बताएका थिए । तर, उनकै कार्यकायलमा खेलक्षेत्रमा झनै राजनीतिक हस्तेक्षेप बढ्न थालेको छ । सागको तयारीमा वैदेशिक प्रशिक्षण र क्लोज क्याम्पमा केन्द्रित हुनुपर्ने राखेप आन्तरिक विवादमा रुमल्लिएको छ ।

तत्कालीन सदस्यसचिव युवराज लामाको कार्यकालमा तेक्वान्दो संघ हुँदाहुँदै अर्को तेक्वान्दो संघ गठन भएको थियो । जसले गर्दा खेलक्षेत्रमध्यकै सफल खेल तेक्वान्दो निकै पछाडि परिसकेको छ । नतिजाको हिसाबले पनि तेक्वान्दोको प्रदर्शन निक्कै खस्किसकेको छ । त्यसैले पनि तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा बेलाबेलामा दुई संघबीच ठूलो लफडा नै हुने गर्छ । क्रिकेटमा पनि त्यस्तै माहोलको सिर्जना वर्तमान सदस्यसचिव विष्टले गर्दैछन् । आफैँ पनि अदालतको ‘स्टे अर्डर’मा सदस्यसचिवमा टिकेका विष्टले चतुरबहादुर चन्द नेतृत्वको क्यान अदालतमा गएको खण्डमा त्यही हबिगत आफ्नो पनि होला भन्ने सोचेकै छैनन् ।

चन्द नेतृत्व क्रिकेट संघ वैधानिक हिसावले चुनावी प्रक्रियाबाट आएकाले विष्टले अदालती झमेला बोक्नु नपर्ला भन्न सकिदैन् । परिषदले जन्माएको क्रिकेट संघ र चन्द नतृत्वको संघमध्ये अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आइसिसी)ले जसले मान्यता दिन्छ, त्यसैले क्रिकेटमा अस्तित्व कायम गर्ला । तथापि एकै खेलको दुई संघ बनेका कारण नेपाली क्रिकेटले त्यसको मूल्यभने चुकाउनै पर्नेछ । दक्षिण एसियामा नै पछाडि परेको खेलकुदमा केही सफल बाटोमा हिडेको क्रिकेटलाई पनि राजनीतिक स्वार्थको जालोले घेरिसकेको छ । त्यसैले क्रिकेटको स्तरपनि अन्य खेलकै जस्तो कमजोरस्तरमा नपुग्ला भन्न सकिदैन ।
विष्टले

गोल्डेन गेट कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरे पनि सिलवाल खेलक्षेत्रमा नै निकै योगदान पु¥याएका व्यक्तित्व भने होइनन् । शिक्षाक्षेत्रमा पनि सिलवाल निकै विवादित् व्यक्ति हुन् । सिलवालमाथि एमबिबिएसको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र आउट गर्ने काममा संलग्न रहेको आरोप छ । त्यसैले उनीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविनसमेत गरेको थियो । उनी राननीतिक पहुँचका आधारमा क्रिकेटमा प्रवेका गरेका हुन् । सिलवाल प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीनिकटका व्यक्ति हुन् । उनी एमालेनिकटका विभिन्न संघसंस्थामा आवद्ध छन् । तर, यही कारणले मात्रै उनले क्रिकेटमा केही गर्लान् भन्ने आशा राख्नुको अर्थ नै छैन् ।

सिलवाल एमालेसम्बद्ध मदन भण्डारी स्पोट्स एकेडेमीका अध्यक्ष र उच्च माध्यामिक विद्यालय संघ नेपाल हिसानको उपाध्यक्ष पनि हुन् । यसअघि पनि तत्कालीन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले क्यान विघटन गरी विनयराज पाण्डेको अध्यक्षतामा गठन गरेको तदर्थ समितिमा सिलवाललाई महासचिव बनाइएको थियो । तर, पछि त्यो समितिलाई सर्वोच्च अदालतले अवैध ठहर गर्दै पुरानै निर्वाचित कमिटीलाई मान्यता दिएको थियो । यसपटक पनि तथर्द समिति भनिए पनि पछि यही कमिटीलाई अगाडि बढाउने योजना रहेको जनाकार बताउँछन् । सिलावाल प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । तथर्द समिति राजनीति हस्तक्षेपबाट कम देखाउनका लागि भए पनि राखेपले केही क्रिकेटकर्मीलाई संघमा राखेको छ । महासचिवमा पूर्वकप्तान पवन अग्रवाललाई राखिएको छ । तदर्थ समितिको उपाध्यक्षमा रबिन्द्र अधिकारी, शैलेश कर्माचार्य र दीपक साउद छन् । साउद यसअघि पनि क्यानको सदस्य थिए । सचिवमा पूर्ण लामा र कोषाध्यक्षमा भरत केसी छन् । सदस्यहरू निर्वाण चौधरी, डा. हरिशंकर शाह, एलबी क्षेत्री, ऋतु सिंह, दिवाकर पौडेल, सुरेशलाल श्रेष्ठ, रन्जित तामाङ र विनायक पोख्ररेल छन् । तामाङ यसअघि पनि क्यानको सदस्य थिए । संघको सदस्यमा व्यवसायी, विद्यार्थी नेता र राजनीतिकर्मी छन् ।

टंक आङबुहाङ नेतृत्वको कार्यसमितिको म्याद गत महिना नै सकिएको थियो । म्याद सकिनु अघि नै गएको महिना क्यानको एक समूहले अधिवेशन गरे पनि राखेप र क्यानकै आङबुहाङ समूहले त्यसलाई मान्यता दिएको थिएन । त्यो अधिवेशनबाट चदुरबहादुर चन्द अध्यक्ष र अशोकनाथ प्याकुरेल महासचिव चयन गरीएको थियो । तर राखेपले चन्द नेतृत्वलाई मान्यता नदिई क्यानको कार्यकारी अधिकार प्रमुख कार्यकारी अधिकृत भावना घिमीरेलाई जिम्मेवारी दिएको थियो ।

तथर्द समितिले नै अव सबै काम कारबाही गर्ने विष्टले जनाएका छन् । विष्टले नयाँ नेतृत्वले क्रिकेटलाई विकाश गर्ने ठोकुवा गरेका छन् । राखेपकै एक बोर्ड सदस्य भने चन्द पक्षकै क्रिकेट संघमा छन् । तर सदस्यसचिव विष्टले उनलाई स्पस्टीकरण सोधिसकेको र उनी कार्यबाही प्रक्रियामा रहेको बताइएको छ ।

विष्टले तथर्द समीति गठन गर्दा आइसिसीसँग सहकार्य गरेको ठोकुवा गरे । उनीले राष्ट्रिय टोलीसँग पनि कुराकानी भएको बताए । सदस्यसचिव नियुक्त भएसँगै दुई वटा संघ भएको खेललाई मिलाउने झुटो आश्वासन दिएका विष्ट आफैले अर्को समानन्तर संघ गठन गरेका छन् । खस्कदै गएको नेपाली खेलकुदको शाख बचाउनु साटो विष्टले खेलको दुर्गतीको बाटो अपनाए ।

विष्टले विवादमा रहेको क्रिकेट संघलाई मिलाएर अगाडि बढाउनुपर्ने थियो । तर, जिम्मेवारीभन्दा बाहिर गएर उनले क्रिकेटमा समानन्तर कमिटी गठन गरे । त्यसले नेपाली खेलकुदलाई झनै तल लाने काम भन्दा केही गर्ने छैन् ।

प्रतिक्रिया