
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । मंगलबार सम्पन्न आर्थिक वर्ष २०८१/०८२ को २९औँ वार्षिक साधारणसभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्ने, आव २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिमका प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया