लिडरशिप वर्कशप आयोजना हुँदै

काठमाडौँ । व्रेक थ्रु लाइफको आयोजनामा ‘ग्रो युअर सेल्स १०एक्स लिडरशिप वर्कसप ४.०’ हुन लागेको छ । नेपाली उद्यमी, व्यवसायी, सेल्स प्रोफेसनल र नयाँ पुस्ताका लिडरहरूलाई आफ्नो बिक्री १० गुणासम्म कसरी बढाउने भन्ने व्यावहारिक रणनीति प्रदान गर्न माघ १४ गते काठमाडौंमा आयोजना गरिएको हो ।

इभेन्ट व्यवस्थापन तथा मार्केटिङ पार्टनर को रूपमा केशरी एडभटाइजिङ र टाइटल स्पोन्सरको रुपमा सेन्ट्रल पार्क रहेको छ ।

नेपालको बिक्री, व्यवसाय र नेतृत्व विकास क्षेत्रमा प्रभावशाली प्रशिक्षकका रूपमा परिचित सन्तोष लामाले अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेका आधुनिक सेल्स, ब्रान्डिङ र माइन्डसेट प्रविधिहरूलाई नेपाली बजार अनुकूल बनाएर प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा सहभागीहरूले ग्राहकको मनोविज्ञान बुझ्ने, प्रभावकारी बिक्री प्रस्तुति दिने, विश्वास निर्माण गर्ने, प्रतिस्पर्धी बजारमा आफूलाई कसरी अलग देखाउने, र आफ्नो व्यक्तिगत ब्रान्डलाई शक्तिशाली बनाउने तरिका सिक्नेछन्। साथै आफ्नो सेवा वा उत्पादनलाई उच्च मूल्यमा कसरी बिक्री गर्ने भन्ने विषयमा पनि विशेष प्रशिक्षण प्रदान गरिनेछ ।

यो वर्कशप साधारण तालिम मात्र नभई व्यवसाय र जीवन रूपान्तरण गर्ने प्रिमियम अनुभव का रूपमा डिजाइन गरिएको आयोजक पक्षले जनाएको छ । अघिल्ला संस्करणहरूमा सहभागीहरूले बिक्री, टिम निर्माण र आत्मविश्वासमा उल्लेखनीय परिवर्तन आएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया