रवि लामिछानेलाई धन्यवाद दिन सिंहदरबार पुगे सहकारीपीडित

सहकारीका कारण नागरिककाे उठिबास भएकाे टुलुटुलु हेरेर बस्न सकिनँ : गृहमन्त्री लामिछाने

काठमाडाैं । सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्न पहल गरेकाेमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिन सहकारीपीडित सिंहदरबार पुगेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले सहकारीकाे समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने निर्णय गरेको थियो ।

आफ्ना समस्या सम्बोधनका लागि पहल गरिदिएकोमा धन्यवाद दिन पीडित आज गृह मन्त्रालयमै आइपुगेका गृहमन्त्री लामिछानेकाे सचिवालयले जानकारी दिएकाे छ । सचिवालयका अनुसार पीडितहरूले सरकारको निर्णय छिटो कार्यान्वयन हुनेमा आशावादी रहेको बताएका थिए ।

उनीहरूसँगको भेटमा गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसकेको बताएको सचिवालयकाे प्रेसनाेटमा उल्लेख छ ।

अब सरकारले सहकारी ठगहरूको नाममा रहेको सम्पत्ति र उनीहरूले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्ने लामिछानेकाे भनाइ थियाे ।

प्रतिक्रिया