सांग्रिला डेभलपमेन्ट बैंक र बन्जी नेपालबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र पोखरास्थित बन्जी नेपाल एडभेन्चर प्रालिबीच बैंकका ग्राहकलाई बन्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बन्जी नेपाल ऐडभेन्चरको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरे । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बन्जी नेपाल एडभेन्चर प्रालिमा गई एकल बन्जी गर्दा एक हजार र जोडी बन्जी गर्दा १ हजार ५ सय रुपैयाँसम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया