ठूला सहकारीसहित १५ कम्पनीलाई कर बुझाउन निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागअन्तर्गत मध्यमस्तरीय करदाता कार्यालय बबरमहलले विभिन्न १५ कम्पनीहरूलाई कर बक्यौता रकम दाखिल गर्न निर्देशन दिएको छ । एक सार्वजनिक सूचना जारी गर्दै कार्यालयले १५ दिनभित्र कर बक्यौता दाखिल गर्न भनेको हो । १५ दिनभित्र बक्यौता कर दाखिल नगरेमा कानुनी कारबाहीबाट असुल उपर गरिने कार्यालयले चेतावनी दिएको छ । बक्यौता कर बुझाउन निर्देशन दिइएका कम्पनीहरूमा विभिन्न ठूला सहकारीदेखि उत्पादनमूलक उद्योगहरूसम्म छन् ।

कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, लालिगुराँस बहुउद्देश्यीय सहकारी, शिखरदीप बहुउद्देश्यीय सहकारी, क्यापिटल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, डिभाइन स्ट्रिम नेटवर्क, श्रीराम सुगर मिल्स, आयोकी फेब्रिकोन नेपाल, मोतिदान कन्स्ट्रक्सन सेवा, रोल्पा सिमेन्ट प्रालि, भूमि इन्फ्रास्ट्रक्चर प्रालि, लोकेन्द्र इन्टरप्राइजेज, अरनिको सिमेन्ट इन्डस्ट्रिज, खानीखोला इन्टरप्राइजेज, त्रिपुरेश्वर कन्डक्टर उद्योग र बराह डिपार्टमेन्ट स्टोर छन् ।

प्रतिक्रिया