०८० सालमा सहकारी डुबे, ०८१ मा बैंक डुब्ने संकेत

अहिले सार्वजनिक स्थल, चिया पसलहरुमा मानिसहरुले घरजग्गा, गाडी र सेयरको मूल्य झन् घट्ने बताइरहेको सुनिन्छ । सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरुजसरी नै बैंकका म्यानेजर र कर्मचारीहरुको पनि भाग्ने दिन सुरु भएको छ । सरकारले जग्गाको कित्ताकाट त फुकुवा गप्यो । यद्यपि, न जग्गाको कारोबार बढ्यो न मूल्य नै । अहिले पनि घरजग्गा किन्ने कोही छैन ।

अनुषा थापा

२०८० सालले धेरै सर्वसाधारण जनतालाई रुवायो र डुबायो । धेरेले आत्महत्या गरे वा गर्नुपर्ने अवस्थामा पुगे । कतिपय डिप्रेसनमा गए, कतिपयले मानसिक सन्तुलन नै गुमाए । सहकारीमा निक्षेप जम्मा गरेका करोडौं जनता रोए । घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेहरु पनि नराम्ररी डुबे । त्यस्तै, व्यापारव्यवसाय गर्नेहरु पनि डुबेर पलायन भए । सहन सक्ने बाँचे अनि सहन नसक्नेहरुले आत्महत्या गरे ।

अब २०८१ सालले बैंक तथा वित्तिय संस्थाहरुले कति बचतकर्ताको रुवाबासी गराउने हो ? बैंकिङ क्षेत्र दिनप्रति दिन नाजुक अवस्थामा पुग्दै छ । तर, बैंकहरु अहिले पनि यति नाफा कमायौं भनेर आम सर्वसाधारणलाई भ्रममा पारिरहेका छन् । जनताले बैंकमा बचत गरेको रकम पनि कर्मचारीहरुको मिलेमतोमा चोरी वा हिनामिना हुने गरेको पनि प्रमाणित भइसकेको छ । कहिले सासुको पालो त कहिले बुहारीको पालो भनिन्थ्यो । २०८० सालमा सहकारीका बचतकर्ताहरु आफ्नो रकम डुबेर रोए । अब ०८१ सालमा बैंकका बचतकर्ताहरु रुनु पर्नेछ । अहिले अर्थविद्, विज्ञहरु ०८१ सालमा अर्थतन्त्र झन् नाजक अवस्थामा पुग्ने बताउँछन् ।

बजारमा घरजग्गा, गाडी र सेयरको किनबेच छैन । व्यापारव्यवसाय ठप्प छ । पसल खोल्नु मात्र हो भनेर व्यापारीहरु नै भन्छन् । सटर भाडा तिर्न नसकेर अधिंकाश व्यपाारी तथा व्यवसायीहरु त पलायन नै भइसकेका छन् । घरजग्गा, गाडी र सेयरमा लगानी गरेका व्यक्ति र सहकारी त डुबिहाले । अब पालो बैंकको हो । अब बैंकले यस क्षेत्रमा लगानी गरेको कर्जा कसरी उठाउँछ ? आफुले राखेको निक्षेप निकाल्न अहिले बैंकमा बचतकर्ताहरुको लाम लागिसकेको छ । बैंकर्स संघले जति सुकै पत्रकार सम्मेलन गरेर बैंकिङ्ग क्षेत्र ठिकठाक छ भनेपनि अब जनता विश्वास गर्ने छैनन् ।

अहिले सार्वजनिक स्थल, चिया पसलहरुमा मानिसहरुले घरजग्गा, गाडी र सेयरको मूल्य झन् घट्ने बताइरहेको सुनिन्छ । सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरुजसरी नै बैंकका म्यानेजर र कर्मचारीहरुको पनि भाग्ने दिन सुरु भएको छ । सरकारले जग्गाको कित्ताकाट त फुकुवा गप्यो । यद्यपि, न जग्गाको कारोबार बढ्यो न मूल्य नै । अहिले पनि घरजग्गा किन्ने कोही छैन । यता, सेयरमा लगाइएको १२ करोडको सीमा हटाइयो । अब चाँहि सेयरको मूल्य र कारोबार बढ्ने भयो भन्दै लगानीकर्ताहरुले खुशीयाली मनाए । विडम्बना, यत्रो गर्दा पनि न सेयरको मूल्य बढ्यो न कारोबार । उल्टो घट्दै गयो ।

अहिले गाडीको किनबेचमा समेत गिरावट आएको छ । नयाँ होस् या पुरानो गाडी किन्ने कोही छैन । अनि कसरी बजार चलायमान हुन्छ ? कसरी घरजग्गा, गाडी र सेयरको मूल्य बढ्छ ? र, पहिलाकै लयमा फर्किन्छ ? तीन वर्षअघि ३२ सय रुपैंया प्रति कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री नहुने अवस्था आएको छ । २५ लाख आनामा किनेको जग्गा आपत नै परेर त्यसको आधा मूल्यमा बेच्छुभन्दा समेत किन्ने मान्छे नभेटिएको सुनिन्छ । गाडीको पनि यस्तै हालत छ । तीन वर्ष अघि २०–३० लाखमा किनेको सवारीसाधन अहिले पाँच लाखमा बिक्री हुन्न ।

होटल, रेस्टुरेन्ट, दोहोरी साँझ, पार्टी प्यालेन्सहरु बन्द हुनुपर्ने अवस्थामा पुगेका छन् । भाटभटेनी, सुपरमार्केट, बिग मार्टहरु सुनसान छ । माछामासु र मदिराको खपत पनि निकै घट्दो छ । झन् लुगा पसल त अधिंकाश बन्द नै भइसकेका छन् । सबैतिर मन्दी छाएको छ । मन्दीले बजार नै ढाकिसक्यो । बोराको बोरा चामल लैजानेहरु अहिले किलोमा किन्न थालेका छन् । काम गरेको ठाउँबाट महिनौ देखि तलब दिइएको छैन । बजारमा पाँच सय र हजारको नोट हाहाकार भइसक्यो । सर्वसाधारण वा ठुला व्यापारीहरुले पैसा लुकाइसकेका छन् ।

यातायात र मालपोत कार्यालयमा लेखनदास गर्ने तथा कानून व्यवसायीहरु सेवाग्राही आउन ठप्पै भएपछि घर भाडा समेत तिर्न नसकिरहेको बताउँछन् । एक जना सेवाग्राही आएमा पाँच जना लेखनदास र कानून व्यवसायीहरु केही गर्नुपर्ने थियो कि भन्दै सोध्न पुग्छन् । अब यस्तो अवस्थामा कसले घरजग्गा, गाडी र सेयर किन्छ ? सेयर दलालीहरु डुबिसकेका छन् । त्यस्तै, घरजग्गा, गाडी दलालीहरुको पनि भागाभाग चलिरहेको छ । फेरि घरजग्गा, गाडी र सेयरको किनबेच नहुनेबित्तिकै राज्य राजस्वविहीन हुन्छ । अब सरकारले कसरी कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता खुवाउँछ ? कसरी खर्च धान्छ ? र कसरी विदेशी ऋण तिर्छ ? बजार मन्दीमा गएपछि सर्वसाधारणले बैंक डुबेको थाहा पाएका हुन् ।

त्यसैले, अब अर्थमन्त्री, प्रधानमन्त्री र राष्ट्र बैंकका गर्भनरले जतिसुकै चिच्याएर वा कराएर बैंक डुबेको छैन भनेपछि जनताले पत्याउने छैनन् । अहिले बैंकका सञ्चालकहरु सेयर बेच्न खोजिरहेका छन् । अब सेयर बेचेर बाहिरिने उनीहरुको योजना छ । तर, सेयर किन्ने कोही छैन नि त । कतिपय प्राइभेट बैंकका कर्मचारीले त तीन महिनादेखि छ महिनासम्मको तलब नपाएको पनि सुनिएको छ । बैंक वा सहकारी सञ्चालन गर्न घर भाडामा दिएका घरधनीहरु पनि वर्षैदेखि भाडा नपाएको बताउँछन् । दुई वर्षअघि सहकारी भाग्न थालेपछि राष्ट्रिय सहकारी महासंघले केही सहकारी मात्र समस्यामा परेका हुन्, अन्य सहकारी डुब्दैन, भाग्दैनन् भन्दै दैनिक पत्रकार सम्मेलन ग¥यो । अहिले दर्तामा रहेका मुलुकभरका ३५ हजारभन्दा बढी सहकारीमा करोडौं बचतकर्ताको खर्बौ रकम डुबेको छ ।

अब बैंकमा बचत गरेका बचतकर्ताहरुको पनि खर्बौ डुब्नेछ । अहिले भाटभटेनीका साहु मिनबहादुर गुरुङ, विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईजस्ता व्यक्ति तथा व्यापारीहरुले बैंकका ऋण लिएर साँबाब्याज केही पनि नतिर्दा पनि बैंक टाट पल्टिने अवस्थामा पुगेको बताइन्छ । बालुवाटारस्थित ललिता निवासको जग्गा धितोमा राखेर बैंकहरुले अर्बौ कर्जा दिएका छन् । बासबारीस्थित छाला जुत्ता कारखानाको जग्गा धितो राखेर पनि बैंकहरुले करोडौं कर्जा दिएको सुनिन्छ । अहिले यी दुवै जग्गा सरकारको नाममा आइसकेको छ । यसले गर्दा ऋणीले ऋण नतिरे बैंकको अर्बौ रकम जोखिममा पर्ने छ ।

सार्वजनिक स्थल, यातायात, चिया पसल, बाटोहरुमा मानिसहरु सहकारी त भाग्यो अब बैंक पनि टाट पल्टिने भो भनेर भनिसकेको सुनिन्छ । अहिले जताततै बैंक डुब्ने चर्चा छ । पहिलापहिला बैंकबाट कर्जा पाउन घुस खुवाउनु पथ्र्यो । दुई करोडको धितो राख्दा एक करोड दिइन्थ्यो । त्यसमा पनि दश लाख घुस, दुई प्रतिशत सेवाशुल्क अहिले १६ प्रतिशत ब्याज भनेर ७५ प्रतिशतसम्म असुल्थ्यो । अर्कोतर्फ ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ९० लाखमा पचाउन्थ्यो । अहिले आम सर्वसाधारणले बैंक तथा वित्तिय संस्था चोर, ठग, दलाली हुन् भनेर थाहा पाए ।

यसैले, सर्वसाधारणले बैंकबाट ऋण लिन र बचत गर्न नै छोडेका छन् । जनताको नजरबाट बैंक तथा वित्तिय संस्था नराम्ररी नाङ्गिएका छन् । र, अब जनताले विश्वास गर्ने छैनन् । जनता सबैभन्दा शक्तिशाली हुन् । जनताभन्दा ठुलो कोही छैन । प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनर समेत जनताको अगाडि कोही होइनन् । अनि जनताबाटै बैंक, वित्तिय संस्था नाङ्गिएपछि कसरी चल्छन् यिनीहरु ? कसरी अर्थतन्त्र चलायमान हुन्छ ? प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरले बैंक डुबेको छैन भनेर जतिसुकै भनेपनि अब जनता भ्रममा पर्ने छैनन् ।

बैंकहरुले बचतकर्ताहरुलाई तीन–चार प्रतिशत ब्याज दिन्थे । त्यो पनि तीन महिना, छ महिना र वर्ष दिनमा । तर, ऋणीबाट भने मासिक १८ देखि ७५ प्रतिशतसम्म असुल्थे । एक दिन ढिलो भएमा पेनाल्टी हान्थ्यो । कतिपय बैंक, वित्तिय संस्थाले ऋणीले समयमै किस्ता तिर्दा पनि पेनाल्टी लिन्थे र सेवाशुल्क पनि लिन्थे । अहिले बैंकहरुको ठगीधन्दाको पर्दाफास भइसकेको छ । त्यसैले, २०८१ सालमा धेरै बैंकहरु सहकारीजसरी नै भाग्नेछन् । बैंक डुब्नु र भाग्नुअघि नै बचतकर्ताहरु सचेत रहौं । आफ्नो रकमको आफैं सुरक्षा गरौं । किनकि डुबेपछि रुनु वा टाउकोमा हात लगाउनुभन्दा केही विकल्प छैन ।

प्रतिक्रिया