स्क्रिन सेयर गर्दै बबी र आलिया

मुम्बई । बलिउड अभिनेता बबी देओल चलचित्र ‘स्पाइ युनिभर्सल’ मा अभिनेत्रीसँगै स्क्रीन सेयर गर्ने भएका छन् । यशराज प्रोडक्सनको आगामी यस चलचित्रमा खलनायकको भूमिका रहने छन् । ‘एनिमल’ मा काम गरेसँगै चर्चामा रहेका अभिनेता बबी यस चलचित्रमा खलपात्रको भूमिकामा देखिएका थिए । उनको यस रोललाई दर्शकले निकै रुचाएका थिए । एनिमलको सफलतासँगै पछिल्लो समय अभिनेता बबीलाई भिलेन चरित्रमा निकै अफर आउन थालेको छ । यो अनटाइटल चलचित्रमा बबीसहित अभिनेत्री आलिया र शर्वरी वाघको समेत महत्वपूर्ण भूमिका रहने छन् । यो चलचित्रमा पनि उनी आलिया र शर्वरीसँग भिड्दै छन् । अभिनेता बबीले चलचित्रसँग सम्बन्धित कागजी काम पूरा गरिसकेका छन् । निर्माण पक्षका अनुसार सन् २०२४ को मध्यतिर यो चलचित्रको छायांकन हुने छ ।

यो चलचित्रमा बबी विशेष लुक्समा देखिने जनाइएको छ । यसअघि उनी कहिल्यै यस लुकमा देखिएका थिएनन् । चलचित्रमार्फत अभिनेत्री आलिया र अभिनेता बबीले पनि पहिलो पटक चलचित्रमा सँगै काम गर्न लागेका हुन् । गत वर्ष डिसेम्बरमा रिलिज भएको अभिनेत्री आलियाका श्रीमान रणवीर कपुर अभिनीत चलचित्र ‘एनिमल’ मा बबी खलनायकको भूमिकामा देखिएका थिए । योसहित दक्षिण भारतीय चर्चित अभिनेता सूर्याको आगामी चलचित्र ‘कंगुवा’ मा पनि बबी खलनायकको भूमिकामा काम गर्ने छन् । यो स्पाइ युनिभर्स चलचित्रलाई शिव रवैलले निर्देशन गर्ने छन् । उनले यसअघि यशराजका लागि ‘द रेलवे म्यान’ निर्देशन गरिसकेका छन् । शिव रवैल आदित्य चोपडाका सहायक निर्देशकसमेत रहेका छन् । यशराज प्रोडक्सनले अभिनेता सलमान खान अभिनीत चलचित्र ‘एक था टाइगर’ बाट स्पाइ युनिभर्सको सुरु गरेका थिए । त्यसबेलादेखि अहिलेसम्म यसमा ‘टाइगर जिन्दा है’, ‘वार’, ‘पठान’ र ‘टाइगर ३’ जस्ता चलचित्र समावेश छन् ।

प्रतिक्रिया