प्राथमिक तहका ४ हजार ४६२ शिक्षककाे माग (सूचनासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले ठूलो संख्यामा प्राथमिक तहका शिक्षक माग गरेको छ । आयोगले आज (शनिबार) सूचना जारी गर्दै प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार चार सय ६२ शिक्षक माग गरेको हो ।

शुक्रबारको निर्णयअनुसार सातै प्रदेशबाट विभिन्न समूहका शिक्षक नियुक्तिका लागि विज्ञापन खुला गरिएको आयोगले जनाएको छ । खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि विज्ञापन खुला गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

बागमती प्रदेशमा एक हजार १०३, कोशीमा एक हजार ७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जना नयाँ शिक्षक नियुक्तिका लागि आवेदन खुला गरिएको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले https://tsc.gov.np/ मा जेठ १३ गतेसम्म आवेदन दिन सकिन सूचनामा उल्लेख छ ।

प्रतिक्रिया