विश्व मौखिक स्वास्थ्य दिवसमा पेप्सोडेन्टको सहकार्य

काठमाडौं । पेप्सोडेन्ट नेपालले यस वर्षको विश्व मौखिक स्वास्थ्य दिवस २०२४ को लागि विभिन्न समुदायमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवद्र्धन गर्ने भएको छ । कम्पनीले मार्च महिनाभर विभिन्न गतिविधि सम्पन्न गरेको घोषणा गरेको छ । यस अनुसार स्वस्थ जीवनको लागि आवश्यक विभिन्न उत्पादन प्रदान गर्दै शैक्षिक अभियानद्वारा व्यक्तिगत रुपमा सबैलाई स्वस्थ मुस्कान र दाँतमा असर गर्ने किटाणुविरुद्ध लड्ने चेतना पु¥याएको ब्रान्डले दाबी गरेको छ ।

ब्रान्डले एक एक पाइलासँगको सहकार्यमा नेपालका दुर्गम भेगमा एक हजार ६ सय जनालाई निःशुल्क चिकित्सा सेवा र मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गरेको थियो । साथै कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको सहयोगले इन्द्रेश्वर माध्यमिक विद्यालयमा ३४३ जनालाई निःशुल्क डेन्टल स्क्रिनिङ सेवा प्रदान गरिएको थियो । ब्रान्डले पेप्सोडेन्ट नमुनाहरु वितरण गरी समाजमा मौखिक स्वास्थ्य र हात धुने तरिकाबारे सचेतना बढाएको थियो ।

त्यस्तै मार्च २० मा विश्व मौखिक स्वास्थ्य दिवसको अवसरमा पेप्सोडेन्ट नेपालले नेपाल डेन्टल एसोसिएसनसँगको साझेदारीमा एक दन्त स्वास्थ्य जागरूकता कार्यक्रमको आयोजना गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुरका १५ स्थानहरुमा आयोजित यस कार्यक्रमले ३ हजार ५ सय सहभागीलाई दन्त तथा मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गर्दै ब्रान्ड सचेतना पनि बढाउने लक्ष्य राखेको थियो ।

प्रतिक्रिया