लगानी सम्मेलन आजदेखि

१५१ आयोजना सोकेसमा, निजी क्षेत्रका ३१ आयोजना, १९ परियोजनाका लागि आशयपत्र आह्वान, ५५ देशका १६०० लगानीकर्ता सहभागी हुँदै

काठमाडौं । आज (आइतबार) देखि २ दिने तेस्रो लगानी सम्मेलन काठमाडौँमा सुरु हुँदै छ । सम्मेलनमा नेपालसहित ५५ देशका लगानीकर्ताले सहभागिता जनाउँदै छन् ।

साथै, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एसियाली विकास बैंक (एडिबी), एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) बाटसमेत उच्च तहको प्रतिनिधित्व हुँदै छ ।
लगानीकर्ताका लागि सहज वातावरण तयार गर्न सरकारले यसअघि नै केही नेपाल ऐन संशोधनका लागि अध्यादेश ल्याइसकेको छ । नेपालमा विदेशी लगानीका उद्योग दर्ताका लागि लाग्ने समय र प्रक्रिया छरितो बनाउन, विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको मात्रै अनुमति लिए पुग्ने व्यवस्था गर्न र विदेशबाट आयात हुने उपकरणका लागि विद्यमान कानुनी बन्देज लचक बनाउन अध्यादेशमार्फत् कानुन संशोधन गर्न लागिएको हो ।

त्यस्तै, सडक र प्रसारण लाइन विस्तारका लागि रूख कटान र जग्गा प्राप्ति सहज बनाउनका साथै नेपालमा हुने उत्पादनको निर्यातका लागि तोकिएको सीमा खुकुलो बनाउन कानुन संशोधन गर्ने सरकारको तयारी छ ।

सम्मेलनमा सरकारले लगानीकर्तासमक्ष करिब ९ खर्ब रुपैयाँ बराबरका १५१ परियोजना प्रस्तुत गर्नेछ । यसअघि भएका दुइटा लगानी सम्मेलन त्यति फलदायी भएका थिएनन् । तर, यस पटक सरकारले कानुन संशोधनदेखि उपयुक्त परियोजनामा लगानीकर्तासमक्ष प्रस्तुत गर्ने भएकाले यस पटक लगानी सुनिश्चिततामा ढुक्क हुन सकिने लगानी बोर्डले जनाएको छ ।
२०७३ सालमा भएको पहिलो लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँको प्रतिबद्धता आए पनि करिब २ खर्ब रुपैयाँ मात्र लगानी भित्रिएको थियो भने २०७६ सालमा भएको दोस्रो लगानी सम्मेलनमा १५ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता हुँदा १ खर्ब रुपैयाँ मात्र लगानी भित्रिएको थियो । यस पटक सरकारले ९ खर्ब लगानी भित्रिने लक्ष्य लिएको छ ।

५५ देशका १६ सयको सहभागिता

लगानी बोर्डका अनुसार सम्मेलनका लागि २ हजार ४०० सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदै छन् । सम्मेलनमा नेपालका ३८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ ।

नेपालबाट ३८५ सहित चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जनाको सहभागिता हुनेछ । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९÷९ जना प्रतिनिधि सहभागी हुनेछन् ।

त्यस्तै, पाकिस्तानबाट ८, सिंगापुरबाट ६, कतार र घानाबाट ५/५, साउदी अरब, फ्रान्स र बहराइनबाट ४/४ जनाको सहभागिता रहनेछ । स्विटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलंका र कोलम्बियाका ३/३ जना सहभागी हुने जनाइएको छ भने फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट २÷२ जना सहभागी हुनेछन् ।

त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको, साइप्रस, आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सहभागिता रहनेछ ।

त्यस्तै, नेपालमै सञ्चालनमा रहेका बहुराष्ट्रिय कम्पनीहरू युनिलिभर, कोकाकोला, डाबर र स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतका प्रतिनिधिले पनि लगानी सम्मेलनमा भाग लिँदै छन् ।

आजदेखि काठमाडौँमा आयोजना हुने सम्मेलनका लागि १५१ आयोजना सोकेसमा राखिँदै छन् भने सम्मेलन स्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गरिनेछ । सम्मेलनको आज पहिलो दिन उद्घाटन सत्र र दुइटा मुख्य सत्र रहनेछन् भने दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् ।

१५१ परियोजना प्रस्तुत गरिने

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा १५१ परियोजना प्रस्तुत गरिने भएको छ ।

पर्याप्त पुँजी, प्रविधि र मानव संशाधनका लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आइतबार र सोमबार आयोजना हुने सम्मेलनमा प्रस्तुत हुनेछन् । लगानी बोर्डको ५८औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने निर्णय गरेको छ । सम्मेलनमा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ वटा आयोजना समावेश गरिएको छ ।

बोर्डका अनुसार यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषिका १४, उत्पादन क्षेत्रका ५, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी ७, स्वास्थ्य तथा शिक्षा क्षेत्रका ३, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका २, पानी आपूर्तिका ४ र सहरी विकास क्षेत्रका ६ वटा परियोजना छन् । निजी क्षेत्रबाट प्रस्तुत ३१ वटा परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएको छ ।

यातायात क्षेत्रका १९ आयोजना

बेथानचोक नारायणथान दर्शन केबलकार, काठमाडौँ चक्रपथ विद्युतीय बस ‘र्यापिड ट्रान्जिट’ प्रणाली आयोजना, चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग (एक्सप्रेस वे) आयोजना, चितवन–रामपुर–बुटवल द्रुतमार्ग आयोजना, चितवन–रामपुर–पोखरा द्रुतमार्ग आयोजना, विद्युतीय सवारीसाधनका लागि ‘फास्ट चार्जिङ स्टेसन’, सुदूरपश्चिम सार्वजनिक यातायात आयोजना, मधेस प्रदेश सार्वजनिक यातायात परियोजना, पाटन ढोका, जावलाखेल र लामाचौरमा बहुतले पार्किङ निर्याण परियोजना, मलेखु–लोथर सडक र सुरुङ परियोजना, दाउन्ने खण्ड रोड सुरुङमार्ग, हेम्जा–नयाँपुल खण्डसडक सुरुङमार्ग आयोजना, मिर्चैया–कटारी–घुर्मी सडक आयोजना, धरान–लेउती रोड सुरुङमार्ग आयोजना, मेट्रो रेल १ः सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक, मेट्रो रेल २ः कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–एअरपोर्ट, मेट्रो रेल ३ः कोटेश्वर–चाबहिल–स्वयम्भु–कोटेश्वर, आधुनिक टर्मिनलसहितको बसपार्क परियोजना, पोखरा महानगरपालिका र पोडवे आयोजना पोखरा महानगरपालिका गरी यातायात क्षेत्रका १९ आयोजना सोकेसमा राखिएका छन् ।

पर्यटन पूर्वाधारका १७ आयोजना

खप्तड एकीकृत पर्यटन विकास आयोजना, प्रदर्शनी केन्द्र परियोजना, पोखरा महानगरपालिका, मूलबारी–सौनेथुप फुट ट्रेल (ह्वाइट वाल) परियोजना, बेगनास–रुपताल जल खेलकुद आयोजना, पोखरा महानगरपालिका, जानकी हेरिटेज होटल तथा सांस्कृतिक गाउँ परियोजना, लुम्बिनी करिडोरका पालिकाहरूमा ‘इलेक्ट्रिक मोबिलिटी करिडोर’ विकास आयोजना, ‘ग्रेटर लुम्बिनी टुरिस्ट सर्किट’ यातायात परियोजना, नुन्थर फिल्म सिटी परियोजना, मनोरञ्जन पार्क बागमारा, चितवन, रुद्रपुरगढी पर्यटन आयोजना, बढिमालिका पर्यटन विकास परियोजना, मुडी पर्यटन विकास परियोजना, ग्रेट हिमालयन ट्रेल पर्यटन परियोजना, दोलखा फिल्म सिटी परियोजना, पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र तालतलैया बहुउद्देश्यीय पर्यटन आयोजना ।

भौतिक पूर्वाधारका ५ आयोजना

काँच (ग्लास) उत्पादन परियोजना, डाबर नेपाल प्रालि क्षमता विस्तार तथा उत्पादन विविधीकरण, ग्रिन हाइड्रोजन एन्ड अमोनिया प्लान्ट, सूर्यतारा सिमेन्ट उद्योग र कागज कारखाना परियोजना ।

कृषि विकासका १५ आयोजना

एकीकृत ‘फिस ह्याचरी’, सुविधासम्पन्न रिसोर्ट निर्माण, बधशाला निर्माण एवं सञ्चालन, चियाको विद्युतीय लिलामी (ई–अक्सन) केन्द्र स्थापना र सञ्चालन एवं गोदाम निर्माण, छुर्पी (डग च्यु) निर्यात प्रवद्र्धन र गुणस्तर सुधार परियोजना, शीत भण्डार गृह (कोल्ड स्टोरेज) को स्थापना परियोजना, जैविक मलको नमुना परियोजनाको विकास, उत्पादन तथा अनुसन्धान केन्द्र, अदुवाको मूल्य शृंखलामा लगानी प्रवद्र्धन योजना, अलैँची आपूर्ति शृंखला सुधार तथा व्यापार अभिवृद्धि परियोजना, आलु मूल्य शृंखला परियोजना, टिमुर (सिचुआन पेपर) मूल्य शृंखला परियोजना, सेम्लार बजार निर्माण, बुटवल, कृषि वन परियोजना (रबर) र पोल सिजनिङ एण्ड ट्रिटमेन्ट प्लान्ट ।

औद्योगिक पूर्वाधार र व्यापार क्षेत्रका ७ आयोजना

दैजी औद्योगिक क्षेत्र, शक्तिखोर औद्योगिक क्षेत्र, सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा औद्योगिक क्षेत्र विकास परियोजना (ब्लक डी एण्ड ई), पाँचखाल सेज, सिमरामा विशेष आर्थिक क्षेत्रको विकास तथा विस्तार (ब्लक बी र सी), चीन–नेपालमैत्री औद्योगिक पार्क र गोदाम (वेयरहाउस) परियोजना, पोखरा महानगरपालिका ।

ऊर्जा क्षेत्रका ३१ परियोजना

बेतान कर्णाली अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजना (४३९ मेगावाट), हुम्ला कर्णाली जलविद्युत् आयोजना (६१ दशमलव ०२ मेगावाट), माथिल्लो चमेलिया जलविद्युत् आयोजना (५३ दशमलव ८५ मेगावाट), कोखाजोर स्टोरेज जलविद्युत् आयोजना (६३ मेगावाट), कन्काई बहुउद्देश्यीय आयोजना (६० मेगावाट), कवाडी खोला जलविद्युत् आयोजना (३० मेगावाट), तम डोगर बुढीगण्डकी जलविद्युत् आयोजना (४० दशमलव २० मेगावाट), सुपर बुढीगण्डकी जलविद्युत् आयोजना (३४ दशमलव ९३ मेगावाट), ‘कम्प्रेस्ड बायो ग्यास प्लान्ट’ परियोजना, माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत् आयोजना, ग्रीड जडित कोहलपुर सौर्य परियोजना (मेगावाट पिक) र बाणगंगा (४० मेगावाट) परियोजना, नौमुरे बहुउद्देश्यीय आयोजना (दुई सय ८१ दशमलव ०४ मेगावाट), खिम्ती शिवालय जलाशययुक्त जलविद्युत् परियोजना (एक हजार दुई सय १६ मेगावाट), कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजना (छ सय ५० मेगावाट), भारभुङ स्टोरेज जलविद्युत् आयोजना (तीन सय ३७ दशमलव एक मेगावाट), कर्णाली चिसापानी वायु ऊर्जा आयोजना (१० मेगावाट), नलगाड जलाशययुक्त जलविद्युत परियोजना (चार सय १७ मेगावाट), इनरुवा–अनारमणि चार सय केभी प्रसारण लाइन र सबस्टेशन निर्माण, अरुण हब (सितलपाटी–इनरुवा चार सय केभी ट्रान्समिसन लाइन र सबस्टेशन) परियोजना, तिङ्ला–दुधकोशी–ढल्केबर चार सय केभी प्रसारण लाइन र सबस्टेशन, मातातीर्थ–दुकुछाप दुई सय २० केभी प्रसारण लाइन परियोजना, दुकुछाप–टेकु दुई सय २० केभी प्रसारण लाइन आयोजना, तिङ्ला हब–नयाँ खिम्ती–सुनकोशी–ढल्केबर चार सय केभी प्रसारण लाइन परियोजना, बुढीगण्डकी करिडोर (फिलिम–गुम्बा–रातामाटे) चार सय केभी प्रसारण लाइन परियोजना, दमौली–कुश्मा–बाफिकोट चार सय केभी डबल सर्किट प्रसारण लाइन परियोजना, तमोर–ढुंगेसाँगु दुई सय २० केभी प्रसारण लाइन परियोजना, हितार–सितलपाटी (अरुण करिडोर) चार सय केभी प्रसारणलाई परियोजना, सिम्बुवा खोला जलविद्युत् आयोजना (७० दशमलव तीन मेगावाट), किमाथांका अरुण जलविद्युत् आयोजना (चार सय ५४ मेगावाट), मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना (एक हजार नौ सय दुई मेगावाट) र घुन्सा खोला जलविद्युत् आयोजना (७७ दशमलव ५ मेगावाट) ।

जल आपूर्तिका ४ परियोजना

काँक्रे देउराली जल संरक्षण तथा आपूर्ति परियोजना, महादेव खोला जल संरक्षण, सिस्नेरी खानेपानी आयोजना, थोन्से खोला जल संरक्षण तथा पानी आपूर्ति परियोजना ।

सहरी विकासका ६ परियोजना

नयाँ सहर विकास परियोजना (इसान), अटो भिलेज परियोजना, पोखरा महानगरपालिका, लगनखेलमा भूमिगत पालिका बजार, बबरमहल प्रशासनिक प्लाजा, पश्चिम सेती टाउन प्लानिङ परियोजना र गोपी कृष्ण केन्द्रीय कम्प्लेक्स ।

स्वास्थ्य तथा शिक्षा क्षेत्रका ३ परियोजना

सार्वजनिक विद्यालय सुधार परियोजना, गौतम बुद्ध प्रसूति अस्पताल र धुलिखेल मेडिसिटी परियोजना ।

सूचना तथा प्रविधि क्षेत्र

डाटा सेन्टर प्रोजेक्ट र आइटी पार्क/टेक्नोपार्क (सूचना प्रविधि विकास पार्क)

खानी र खनिजजन्य क्षेत्रका १३ परियोजना

चुनढुंगा उत्खनन परियोजना, सब्दु, शीतगंगा नगरपालिका, अर्घाखाँची जिल्ला, डोलोमाइट उत्खनन, बोजे, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, चुनढुंगा उत्खनन, धुनीबेँसी घादिङ, ग्रेनाइट उत्खनन, काफलडाँडा, रोशी गाउँपालिका, काभ्रेपलाञ्चोक, फलाम र तामा खानी उत्खनन, झुन्लाबाङ, भुमे गाउँपालिका रुकुम, चुनढुंगा उत्खनन, जैतपानी र खामीलेख, कुपिण्डे नगरपालिका, सल्यान, म्याग्नेसाइट उत्खनन, त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिका, उदयपुर, सुनखानी, ढोकाढुंगा–फुलिवन, सुनछहारी गाउँपालिका, रोल्पा, फस्फोराइट, ढिकगड, दोगडाकेदार गाउँपालिका, बैतडी, फस्फोराइट, संगाउँ, पुर्चौडी नगरपालिका बैतडी, पेट्रोलियम अन्वेषण, ब्लक नम्बर–५, चितवन, पेट्रोलियम अन्वेषण, ब्लक नम्बर–४ लुम्बिनी र धौवादी फलाम खानी परियोजना ।

निजी क्षेत्रद्वारा तयार गरिएका ३१ परियोजना

सिक्लेस अन्नपूर्ण केबलकार परियोजना, भरतपुर आइसल्यान्ड रिसोर्ट एन्ड वाटरल्यान्ड परियोजना, मध्य कालीगण्डकी जलविद्युत् आयोजना, तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजना, आइएमई सिमेन्ट आयोजना (बैतडी), काठमाडौँ प्राविधिक विद्यालय, गोपीकृष्ण केन्द्रीय कम्प्लेक्स, जालपादेवी केबलकार परियोजना, कम्पोस्ट मल प्लान्ट, रिभल्भिङ पार्किङ, माथिल्लो सानीभेरी अर्धजलाशययुक्त जलविद्युत् आयोजना, मुगु कर्णाली जलविद्युत् आयोजना, पेल्मा खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजना, दानाखोला जलविद्युत् आयोजना, माथिल्लो बुढीगण्डकी जलविद्युत् आयोजना, लान्द्रुक मोदी जलविद्युत् आयोजना, बलेफी खोला जलविद्युत् आयोजना, चुवाखोला (माथिल्लो र तल्लो तटीय) क्यास्केड जलविद्युत् आयोजना, माथिल्लो चुवा लुरुप्या खोला अर्ध जलाशययुक्त जलविद्युत् परियोजना, नरखोला जलविद्युत् आयोजना, माथिल्लो अप्सुवा जलविद्युत् आयोजना, माथिल्लो भेरी जलविद्युत् आयोजना, सुर्के दूधकोसी जलविद्युत् आयोजना, माथिल्लो मस्र्याङ्दी–१ जलविद्युत् आयोजना, अप्सुवा खोला–१ जलविद्युत् आयोजना, ३ चरणमा सगरमाथाको ट्रेलमा १० लक्जरी होटलहरू निर्माण परियोजना, पोडवे प्रयोग गरी चुनढुंगा उत्खनन, ह्याप्पील्यान्ड फनपार्क एन्ड रिसोर्ट झापा, प्राकृतिक कृषि फार्म कपिलवस्तु, महाकाली सेती क्यास्केड पिकिङ हाइड्रोइलेक्ट्रिक परियोजना (५४ मेगावाट) र सेती नदी पिकिङ जलविद्युत् आयोजना (७२ मेगावाट) छन् ।

प्रतिक्रिया