उपनिर्वाचन : इलामको मतगणना ११ बजेदेखि सुरु हुने

काठमाडौं । शनिबार सम्पन्न भएको उपनिर्वाचनको प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा मतगणना आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

गौतम बुद्ध सभागृह (सिटी हल) मा सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार मतगणनामा सहमति गर्न बिहान सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालाको सर्वदलीय बैठक बसेको हो । उक्त बैठकको सहमति अनुसार अब ११ बजेदेखि मतगणना थालिने प्रमुख जिल्ला अधिकारीले यादवले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा जम्मा पारिएको छ ।सो हलका दुई स्थानमा मतगणना हुने छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ ।

इलाम २ मा शनिबार भएको मतदानमा १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६६९ हजार २ सय ८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया