धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आईएमई बैंकसहित ६ वित्तिय संस्था सम्मानित

काठमाडौं । आर्थिक वर्ष (आव) २०७९/८० मा धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित भएका छन् । नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेका हो । धेरै रेमिट्यान्स भित्र्याएर सम्मानित हुने बैंकहरूमा ग्लोबल आईएमई बैंक, हिमालयन र नेपाल एसबीआई छन् ।

सो आर्थिक वर्ष कुल रेमिट्यान्समा ग्लोबलले २१ दशमलव १ प्रतिशत, हिमालयनले २० दशमलव ६ र नेपाल एसबीआईले १९ दशमलव १ प्रतिशत भित्र्याएको राष्ट्र बैंकको तथ्यांक छ ।

त्यस्तै धेरै रेमिट्यान्स कम्पनीहरूमा आईएमई, सीटी एक्स्प्रेस र ईसेवा मनी सम्मानित भएका छन् । आईएमईले २७ दशमलव ५, सीटीले १४ दशमलव ९ र ईसेवाले १२ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याएका छन् ।

प्रतिक्रिया